Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आरम्भ चौतारी लघुवित्त वित्तय संस्थाद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

  • 435
    SHARES
  • 435 Shares
  • जनचाहना न्यूज
    दमौली ७ चैत्र
    आरम्भ चौतारी लघुबित्त बित्तय संस्था लिमिटेड अनुगमन कार्यालय  देउराली शाखा गोरखाको आयोजनामा ग्लोबल मनि ओइक २०२६ को अवसरमा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी गोरखा नगर पालिका वार्ड नम्बर १३ का वडाध्यक्ष मित्र परियारको प्रमुख  अतिथ्यता तथा  प्रहरी चौकी मजुवा देउरालीका प्रमुख,विशेष अतिथी,समाजसेवी, विद्यार्थी तथा संस्थाका ७० जना सेवाग्राहीहरुको उत्साहपुर्वक सहभागीतामा सम्पन्नन भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि  परियारले  समाजका दुर्गम क्षेत्रका महिलाहरूलाई घरदैलोमै पुगेर लघुवित्त संस्थाहरुले सहज रुपमा सेवा प्रदान गरेको प्रति प्रशंसा गर्दै लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै गएको चर्चा गर्नुभयो । 

    222.jpg
    undefined


    कार्यक्रममा विशिष्ट अतिथी ईश्वर परियारले बित्तिय संस्था नहुँदा समाजले भोग्नुपरेको पीडा र वित्तिय संस्थाको स्थापनापछि समाजमा परेको आर्थिक प्रभावका कारण मानिसहरु उदमशिलतातर्फ उन्मुख हुदै गएको बताउनुभयो । उहाँले भन्नुभयो,लघुवित्तबाट कर्जा लिएर आफ्नो स साना व्यापार व्यवसाय सन्चलान गरेर आयआर्जनबाट जीवनस्तर उकास्न सहयोगी माध्यम बनेको छ । 

    55.jpg
    undefined


    कार्यक्रममा सन्चालन शाखा प्रबन्धक रामकृष्ण श्रेष्ठले गर्नुका साथै शाखाका कर्मचारी सन्देश थापाले स्वागत मन्तव्य राखनुभयो । उक्त अवसरमा कार्यक्रममा डिजिटल बैंकिङ, कर्जा व्यवस्थापन, बचत प्रवर्द्धन लगायतका विषयमा विस्तृत जानकारी प्रदान क्रायक्रम अधिकृत बसन्त सोढारीले गर्नुभएको  थियो । उक्त कार्यक्रममा सदस्यहरूको गुनासो तथा सुझावहरूमाथि समेत छलफल गरिएको थियो।

    44.jpg
    undefined

    उक्त शाखा रहेको स्थानमा स्थानीय सरकार प्रतिनिधी,स्थानीय समाजसेवी बुद्धिजीवि,सेवाग्राहीहरुको उपस्थितिमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ ।  संस्थाले न्यून आय आर्जन भएका महिलाहरुको क्षेत्रमा समेत काम गर्दै आएकाले संस्थाप्रति छुट्टै किसिमको सकारात्मक प्रभाव पर्दै गएको अनुभूति स्वयम सेवाग्राहीले गर्न थालेको शाखा प्रबन्धक श्रेष्ठले बताउनुभयो । 
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार