Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

इजरायली हवाई आ,क्रमण ः दक्षिण लेबनानका मुख्य पुलहरू निशाना बनाउँदै ध्व,स्त

  • 219
    SHARES
  • 219 Shares
  • काठमाडौँ
     इजरायलले दक्षिण लेबनानी शहरहरू, आवासीय क्षेत्रहरू र मुख्य पुलहरूलाई निशाना बनाउँदै हवाई आक्रमण जारी राखेको छ । 
    इरान जोडिएको वृहत्तर द्वन्द्वका बीच यो तनाव अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार दक्षिण लेबनानका विभिन्न क्षेत्रमा भएका इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । 
    टायर जिल्लाको चेहाबिये गाउँमा भएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् र एउटा आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । सोही जिल्लाको अल–हनिया शहरमा भएको इजरायली गोलाबारीमा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका छन् । 
    नबातिये जिल्लाको मजदल अल–सेल्म शहरमा इजरायली हवाई आक्रमणमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । टेबनीन शहरमा इजरायली गोलाबारीले घर र पसलहरूमा व्यापक क्षति पु¥याएको छ, जहाँ नागरिक सुरक्षा टोलीहरू भग्नावशेष हटाउन र सडकहरू पुनः सञ्चालन गर्न खटिएका छन् ।
    यसैबीच, हिजबुल्लाहले मरुवाहिन्, मारुन अल–रस र यारुन लगायतका धेरै सीमावर्ती स्थानहरूमा आफ्ना लडाकुहरूले इजरायली सैनिक र सवारी साधनहरूको समूहलाई निशाना बनाएको दाबी गर्दै धेरै विज्ञप्तिहरू जारी गरेको छ । 
    लेबनानी राष्ट्रपति जोसेफ आउन र संसदका सभामुख नबिह बेरीले सोमबार बाब्दा दरबारमा भेट गरी वर्तमान सुरक्षा अवस्था र दक्षिण लेबनानलाई अन्य क्षेत्रसँग जोड्ने पुलहरूमाथि भइरहेको इजरायली आक्रमणबारे छलफल   गर्नुभयो । 
    राष्ट्रपति आउन र सभामुख बेरीले दक्षिणी शहर र गाउँहरूबाट करिव १० लाख बासिन्दा विस्थापित हुँदा सिर्जित कठिन सामाजिक र मानवीय अवस्थाबारे पनि छलफल गर्नुभयो। दुवै पदाधिकारीले राष्ट्रिय एकता र नागरिक शान्ति कायम राख्नुपर्नेमा जोड दिएका छन् । 
    ड्रुज धार्मिक र जातीय अल्पसंख्यक समूहका राजनीतिक नेता वालिद जुमदबिततले सोमबार राष्ट्रपति आउनसँग छुट्टै भेट गर्नुभयो। भेटपछि जुमदबिततले लेबनानी सरकारका प्राथमिकताहरू वार्ता, आन्तरिक सुरक्षा र विस्थापित मानिसहरूका आवश्यकता सम्बोधन गर्ने रहेको बताउनु भयो । 
    उहाँले विस्थापितहरूका लागि पालको सट्टा ‘प्रिफ्याव’ आवासको सम्भावित प्रयोगमा समेत जोड दिनुभयो । गत मार्च २ मा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनानमा सैन्य तनाव चुलिएको छ । 
    नोभेम्बर २७, २०२४ मा युद्धविराम घोषणा भएयता हिजबुल्लाहको तर्फबाट भएको यो पहिलो आक्रमण थियो । त्यसयता इजरायलले लेबनानको राजधानी बेरुत, सहरका दक्षिणी उपनगरहरू र दक्षिण तथा पूर्वी लेबनानका धेरै क्षेत्रहरूमा तिब्र हवाई आक्रमण गरिरहेको छ । सिन्ह्वार न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार