काठमाडौं । मेक्सिको सरकारले मार्च २८ मा नयाँ प्रतिवेदन जारी गर्दै एक लाख ३० हजार हराएका व्यक्तिहरूमध्ये करिब ४० हजार ३६७ जनामा अझै जीवित हुने सङ्केत भेटिएको जनाएको छ ।
सरकारले भ्याक्सिनेशन अभिलेख, जन्म/विवाह दर्ता, कर अभिलेखजस्ता स्रोतहरूसँग मिलाएर ती व्यक्तिहरूको गतिविधि पत्ता लगाएको बताएको छ भने पाँच हजार २६९ जनालाई फेला पारेर ‘फेला परेका’ भनेर मार्क गरिएको छ ।
सुरक्षा अधिकारी मार्केला फिगुएरोआले कतिपय हराउने घटनालाई ‘स्वैच्छिक अनुपस्थिति’ को रूपमा व्याख्या गर्नुभएको छ । तर खोजी समूहका अगुवा हेक्तोर फ्लोरेसले सरकारले तथ्याङ्कलाई भ्रामक ढङ्गले प्रस्तुत गरेको र वास्तविक समस्या लुकाउने प्रयास गरेको आरोप लगाएका छन् ।
प्रतिवेदन अनुसार करिब ४६ हजार (३६%) हराएका व्यक्तिहरूको अभिलेख अपूर्ण छ र ४३ हजार १२८ (३३%) का नाममा कुनै गतिविधि छैन, जसमा १०% भन्दा कम मात्र आपराधिक अनुसन्धानमा छन् ।
मेक्सिकोमा हराउने घटनाहरू कर्तेल हिंसा र द्वन्द्वसँग जोडिएका छन्, कतिपय अवस्थामा राज्य निकायको संलग्नता समेत देखिएको छ ।
मानवअधिकार समूहहरूले भने सरकारले आफ्नो जिम्मेवारी कम गरेको र पारिवारिक खोजीलाई अझ कठिन बनाएको बताएका छन्, जसले परिवारहरूलाई आफैं खोजी गर्न बाध्य बनाएको छ ।
न्यूजपोलार
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij