Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास नगरपालिकाद्वारा २६६ दीर्घरोगीलाई आर्थिक सहयोग

  • 365
    SHARES
  • 365 Shares
  • जनचाहना न्यूज
    तनहुँ २५ चैत्र 
    जिल्लाको व्यास नगरपालिका कार्यालयले दुई सय ६६ जना दीर्घरोगीका बिरामीको उपचारका लागि रु.३९ लाख अठ्ठाइस हजार आर्थिक सहयोग गरेको  छ । चालु आर्थिक बर्षमा प्रतिव्यक्ति मासिक पाँच हजारका दरले संम्बन्धित व्यक्तिको बैंक खातामा उक्त रकम दाखिल गरी सहयोग प्रदान गरेको नगरपालिकाले जनाएको छ । 
    विपन्न नागरिकको क्यान्सर,मुटुरोगी,मृर्गौला फेलका ७७ जनालाई औषधी उपचारका लागि संम्बन्धित अस्पताललाई सिफारिस प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो,“ज्येष्ठ नागरिक,सुत्केरी,विपन्न नागरिक र मानसिक रोगका गरी एक सय दुई जना बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ ।”
    व्यास नगरपालिका कार्यालय मातहत रहेका चौध वटै वडामा जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत घरदैलोमा पुगेर सेवा दिदाँ चार हजार सात सय पन्ध्र जना प्रत्यक्ष लाभान्वित भएका छन् । 
    उक्त अवधिमा व्यास नगरपालिका भित्रका ६ महिनादेखि ५९ महिनासम्मका पाँच हजार एक सय ६३ जना बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी वितरण गरिएको थियो । 
    कक्षा ६ मा अध्यनरत विद्यालय जाने बालिकाहरु त्था विद्यालय नजाने १० बर्ष देखि १४ बर्षका सात सय ८९ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध एचपीभी खोप प्रदान गरिएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो । 
    उहाँका अनुसार गत पौष महिनादेखि ग्रामिण भिडियो एक्सरे सेवा संचालनबाट हालसम्म ८१ जना गर्भवती महिलाहरुलाई भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । 
    उहाँले भन्नुभयो,“पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितताका लागि पाँच बर्ष मूनिका बालबालिकाहरुको घरधुरी सर्वेक्षण गरी स्टिकर टाँस गर्ने कार्य सम्पन्न गरिएको छ ।” 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार