Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास–१३ का महिलाहरु आर्थिक क्षेत्रमा अब्बल बन्दै ः तीन सय ६१ जनाले ऋण लिएर थाले व्यवसाय

  • 468
    SHARES
  • 468 Shares
  • जनचाहना न्यूज
    तनहुँ ९ जेठ 
    जिल्लाको व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ्ग महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था मार्फत यहाँका महिलाहरु आर्थिक क्षेत्रमा सबल बन्दै गएका छन् ।  उक्त सहकारीबाट सुलभ व्याजमा ऋण लिएर पशुपालन,कृषि र व्यापार लगायतका व्यवसाय गरेर आयआर्जनको गतिलो माध्यम बनाएका हुन् । विसं २०५८ सालमा पच्चीस जनाबाट संचालित सहकारीमा हाल नौ सय ३९ जना शेयर सदस्य आबद्ध भएका छन् ।
    बैदेशिक रोजगारी,तरकारी खेती,बगुँर पालन,गाई पालन,व्यापार,ग्रील उद्योग लगायत तीन सय ६१ जनालाई लगानी गरिएको संस्थाकी कर्मचारी इन्दिरा रिमालले जानकारी दिनुभयो । 
    बिना धितो,समूह र घरजमानीमा रु.दश हजारदेखि तीन लाखसम्म लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ । 
    पहिला बजार पुगेर तरकारी,दुध,मासु लगायतका सामाग्री किनेर ल्याउनुपर्ने अवस्था रहेकोमा अहिले आफैले उत्पादन गरेर बढी भएको बिक्रीवितरण गरेर घरखर्च चलाउँदै आएको संस्थाकी व्यवस्थापक सरीता रानाभाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“बचत र लगानीको साथसाथै महिलाहरुका लागि क्षमता अभिबृद्धि,सीपमूलक र विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराउँदै आएका  छौ ।”
    उत्पादनमा जोडिएर आर्थिक आयआर्जन गर्न थालेपछि यहाँका महिलाहरु उत्साहित भएर अघि बढेका छन् । आगामी बर्ष देखि पाँच जनाको समूह मिलेर व्यवसायीक तरकारी खेती गर्ने लक्ष्य राखिएको छ । तत्कालिन रु.पाँच लाख खर्चेर एक रोपनी जग्गा खरीद गरी रु.पचास लाखको लागतमा आफ्नै भवन निर्माण गरिएको छ । 
    व्यास नगरपालिकाबाट रु.२७ लाख पचास हजार र अन्य नपुग रकम  संस्थाको लगानीमा भवन निर्माण गरिएको संस्थाकी अध्यक्ष स्मृति बिकले जानकारी दिनुभयो । 
    उहाँका अनुसार शेयर पूँजी रु.९१ लाख ७३ हजार ६००,बचत रु.तीन करोड सत्र लाख १९ हजार तीन सय ३८ गरी कूल पूँजी पाँच करोड १२ लाख ४० हजार चार रुपैयाँ र असुली हुन बाँकी रु.चार करोड पन्ध्र लाख ४७ हजार रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार