Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बंगलादेशमा रड बोकेको ट्रक दु,र्घटनाः १५ जनाको मृ,त्यु, ६ घा,इते

  • 1.1K
    SHARES
  • 1.1K Shares
  • एजेन्सी १२ जेठ
    बंगलादेशको टांगेल जिल्लामा सोमवार बिहान एउटा ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । राजधानी ढाकाबाट करिव ९७ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा रड बोकेको ट्रक अनियन्त्रित भई पुल नजिकैको खाल्डोमा पल्टिएको हो ।
    टांगेलका प्रहरी उपरीक्षक मोहम्मद शम्सुल आलम सरकारले सञ्चारकर्मीहरूलाई दिएको जानकारीअनुसार दुर्घटना सोमवार बिहान करिव ४ः३० बजे भएको थियो । 
    मृतकहरू सबै आगामी मे २८ मा मनाइने मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल–अधा मनाउनका लागि ट्रक चढेर बंगलादेशको उत्तरी जिल्लातर्फ जाँदै थिए । 
    प्रहरी अधिकारीकाअनुसार रड र यात्रु बोकेको सो ट्रकका चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हो । घाइतेहरूको अवस्था र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिन्ह्वारन्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार