Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सम्पत्ति शुद्धीकरणमा व्यवासायी दीपक भट्ट र शुलभ अग्रवालसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता

  • 220
    SHARES
  • 220 Shares
  • काठमाडौं २९ जेठ
    सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । ३४ जना व्यक्ति र पाँच कम्पनीलाई प्रतिवादी बनाउँदै  आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो । मुद्दामा प्रतिवादी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। यस्तै, शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी गरिएको छ।
    त्यसैगरी, शेखर गोल्छाविरुद्ध रु ५२ करोड ५० लाख बराबरको बिगो दाबी गरिएको छ। उक्त मुद्दामा अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नखुलेको तथा आर्थिक कारोबारमा अनियमितता देखिएको आरोप लगाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार