Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष थापाको “नाच खुरुक्कै” तीज गीत छिट्टै सार्वजनिक हुदै

  • 297
    SHARES
  • 297 Shares
  • दमौली २७ असार 
    तनहँको ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाको अभिनयमा नयाँ तीज गीत ुनाच खुरुक्कैु यही असार ३१ गते बेलुका ५ बजे सार्वजनिक हुने भएको छ। गायनमा प्रेम बिबस घर्ती, दीपिका बायाम्बु र गिनुमाया थापाको स्वर रहेको गीत प्रेम बिबस घर्तीको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिन लागेको हो । 
    गीतमा शब्द तथा संगीत प्रेम बिबस घर्तीकै रहेको छ भने एरेन्ज खेमराज गौतम ले गरेका छन्। गीतको कोरियोग्राफी तथा निर्देशन विजय पुन ले गरेका हुन्। म्युजिक भिडियोमा गिनुमाया थापा, विजय पुन, सञ्चना गुरुङ, करिश्मा बुढा मगर र दिपेश घर्ती मगर लगायत कलाकारहरूको अभिनय रहेको उपाध्यक्ष थापाले जानकारी दिनुभयो । 
    उपाध्यक्ष थापाले तीज पर्वको अवसरमा तयार गरिएको यस सांगीतिक कोसेलीलाई सबै शुभचिन्तकले असार ३१ गते साँझ ५ बजे प्रेम बिबस घर्तीको युट्युब च्यानलमार्फत हेरी साथ, सहयोग र माया गरिदिन आग्रह गर्नुभएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार