Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कक्रोच पार्टीको ‘संसद मार्च’ ले दिल्लीमा त,नाव ः मेट्रो स्टेशनहरू अस्तव्यस्त, दिल्लीका केही स्थानमा इन्टरनेट बन्द

  • 258
    SHARES
  • 258 Shares
  • नयाँ दिल्ली ४ साउन
    भारतीय संसद्को मनसुन सत्रको पहिलो दिन सोमबार दिल्लीमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । मेडिकल प्रवेश परीक्षा ९एनइइटी० मा भएको अनियमितताको विरोधमा संसद् भवनतर्फ मार्च गर्न खोज्ने ‘कक्रोच जनता पार्टी’ का हजारौं समर्थकहरूलाई तितरबितर पार्न सुरक्षा बलले अश्रुग्यास र लाठी प्रहार गरेको छ । प्रहरीले अनुमति नदिए पनि ‘संसद् चलो’ मार्चका लागि ठूलो सङ्ख्यामा युवाहरू जन्तरमन्तरमा भेला भएका थिए । उनीहरूले एनइइटी परीक्षामा भएको धाँधलीको छानबिन र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका थिए ।
    प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि भएको झडपमा केही प्रदर्शनकारी र प्रहरी अधिकारीहरू सामान्य घाइते भएका   छन् ।  म्ध्य दिल्लीका केही भागमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको थियो । यता, सीजेपीले आफ्ना समर्थकहरूलाई शान्त रहन र शान्ति र प्रेमका माध्यमबाट मात्र जित हासिल हुने भन्दै संयमित हुन अपिल गरेको छ। 
    मेट्रो स्टेशनहरू अस्तव्यस्त
    प्रदर्शनका कारण दिल्ली मेट्रोका पाँचवटा व्यस्त स्टेशनहरू( राजीव चोक, जनपथ, पटेल चोक, केन्द्रीय सचिवालय र सेवा तीर्थ( सर्वसाधारणका लागि बन्द गरिएको थियो । यसले गर्दा सयौं यात्रुहरू अलपत्र परे भने कतिपयले गन्तव्यमा पुग्न लामो बाटो प्रयोग गर्नुपरेको थियो । दिल्लीको सबैभन्दा व्यस्त ‘इन्टरचेन्ज’ स्टेशन राजीव चोकमा यात्रुहरूको निकै भीड देखिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार