दमौली १२ कार्तिक
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। बा।प्र।०२–०५५ प १६३९ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ पैदलयात्री ७० वर्षीया पम्फा बोटेको मृत्यु भएको हो । सख्त घाइते बोटेको उपचारका क्रममा गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ३० वर्षीय अनिल गोतामे र पछाडि सवार १८ वर्षीय मन्दिप घिमिरे घाइते भएका छन्। घाइते दुवै जनाको डुम्रेस्थित लक्ष्मी सिटी अस्पतालमा उपचार भइरहेको छ।