दमौली, १२ कार्तिक
नेपाली कांग्रेसका नेता लक्ष्मी आचार्य नियमित महाधिवेशनको पक्षमा उभिनुभएको छ। नियमित महाधिवेशनको पक्षमा उभिनुभएका नेता आचार्यलाई कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले स्वागत गर्नुभएको छ। नेता आचार्यलाई स्वागत गर्दै केन्द्रीय सदस्य भण्डारीले कांग्रेसको मूलधार शेरबहादुर देउवा नेतृत्वको कांग्रेस भएको हुँदा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई यही धारमा उभिन समेत आग्रह गर्नुभएको थियो। विशेष महाधिवेशनका नाममा पार्टीलाई विभाजन गर्ने कार्य भएको हुँदा यसलाई रोक्नु पर्नेमा समेत नेता भण्डारीले जोड दिनुभएको थियो। नियमित महाधिवेशनबाट पार्टीलाई एक ढिक्का बनाउने समेत केन्द्रीय सदस्य भण्डारीको भनाइ रहेको छ।
नेता आचार्यलाई नियमित महाधिवेश नमा सहभागी गराउन पाउँदा आफूलाई समेत अत्यन्त गौरवको अनुभूति भएको जिल्ला संयोजक प्राडा कृष्णका प्रसाद गौतमले बताउनुभयो । नियमित महाधिवेशनको पक्षमा उभिनुभएका नेता आचार्यले आफू सुरुदेखि नै यही खेमामा रहेको र पार्टी सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाको आग्रहमा आफू नियमित महाधिवेशनको पक्षमा उभिएको समेत बताउनुभएको थियो।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij