Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

शुक्लागण्डकी नगरपालिकामा स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धी सुझाव तथा पृष्ठपोषण कार्यशाला

  • 183
    SHARES
  • 183 Shares
  • दमौली १९ कार्तिक
    तनहुँको शुक्लागण्डकी नगरपालिकामा नगरस्तरीय स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धी सुझाव तथा पृष्ठपोषण कार्यशाला आज नगर कार्यपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहित सदस्यहरूको सहभागितामा सम्पन्न भएको छ।
    कार्यशालामा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर वि।क।, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकाल, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल विभिन्न वडाका वडाध्यक्षहरू, नगर कार्यपालिकाका सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यशालाको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय ९एएज्इ०  का जनस्वास्थ्य अधिकृत श्री विभूषा थापाले गर्नुभएको थियो।
    कार्यशालाको मुख्य उद्देश्य नगरपालिकामा हुन सक्ने महामारी, संक्रामक रोगको प्रकोप, प्राकृतिक विपद् तथा अन्य जनस्वास्थ्य आपत्कालीन अवस्थाहरू, सडक दुर्घटना लगायत विभिन्न विपदका घटनाहरू महामारी तथा स्वास्थ्य आपतकालहरुको प्रभावकारी व्यवस्थापनका लागि स्थानीयस्तरमै व्यवस्थित योजना तयार गरी हुनसक्ने घटनामा तत्काल प्रतिकार्यका लागि आवश्यक ३ परिचालन गर्न रहेको छ। यस योजनामार्फत सम्भावित स्वास्थ्य जोखिमको पहिचान तथा विश्लेषण, आपत्कालीन अवस्थामा विभिन्न सरोकारवाला निकायहरूको भूमिका र जिम्मेवारी स्पष्ट गर्ने, प्रभावकारी समन्वय तथा सञ्चार प्रणाली विकास गर्ने, आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य सामग्री तथा स्रोतसाधनको उचित परिचालन सुनिश्चित गर्ने र समयमै प्रभावकारी प्रतिकार्य गर्ने लक्ष्य राखिएको छ।
    त्यसैगरी, समुदायस्तरमा जोखिम सञ्चार तथा सामुदायिक सहभागिता अभिवृद्धि गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा जोखिममा रहेका समुदायलाई प्राथमिकतामा राखी समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्ने र नगरपालिकाको समग्र स्वास्थ्य आपत्कालीन व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने यस योजनाका महत्वपूर्ण उद्देश्यहरू रहेका छन्।
    नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशद्वारा सञ्चालित क्ब्ँभ्च् ९क्तचभलनतजभलष्लन ब्अतष्यलक ायच भ्उष्मझष्अ च्भकउयलकभ० परियोजनाले कार्यशालाको व्यवस्थापकीय तथा सहजीकरण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। योजनाको प्रारम्भिक मस्यौदा तयार गर्न नगरपालिकाको स्वास्थ्य शाखा तथा परियोजना टोलीले आवश्यक तथ्य, सूचना र प्राविधिक विषयहरूमा पूर्वतयारी तथा गृहकार्य गरेको थियो। सोही मस्यौदामाथि नगर कार्यपालिकाका सदस्यहरूसँग छलफल गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिएको हो।
    कार्यशालाबाट प्राप्त सुझाव तथा पृष्ठपोषणलाई समेटेर योजनालाई अन्तिम रूप दिई नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी गरिएको छ।  यस योजनाको निर्माण तथा कार्यान्वयनले शुक्लागण्डकी नगरपालिकालाई सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी, समयमै प्रतिकार्य तथा प्रभावकारी व्यवस्थापनका लागि संस्थागत रूपमा सक्षम बनाउनुका साथै समुदायको स्वास्थ्य सुरक्षा र विपद् तथा महामारीप्रतिको उत्थानशीलता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार