Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

  • 198
    SHARES
  • 198 Shares
  •                                                                                                                 फोटो साभार ः अनलाइन खबर 

    काठमाडौं ः  तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुग्नुभएको छ । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उहाँ विशेष विमानबाट काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा चिनियाँ मन्त्री बाड यी नेपाल आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो तेस्रो नेपाल भ्रमण हो । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा उहाँलाई राखिएको छ । उहाँको शुक्रबार कुनै औपचारिक कार्यक्रम रहेको छैन । चिनियाँ विदेशमन्त्री वाङ आज साँझ काठमाडौंस्थित चिनियाँ दूतावास पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ उनले चिनियाँ राजदूत र नेपालमा रहेका चिनियाँ समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । शनिबार विहान हाइकिङको लागि शिवपुरी पुग्ने कार्यक्रम रहेको छ । हाइकिङबाट फर्केपछि विहान १० बजे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयमा नै दुई देशका विदेशमन्त्रीको उपस्थितमा नेपाल–चीन उच्चस्तरीय बैठक बस्ने छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका छ । सिंहदरबारबाट निस्केपछि शनिबार उहाँ दिउँसो प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने समय तालिका रहेको छ । चिनियाँ विदेशमन्त्री वाङ आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम रहेको छ । त्यसपछि उहाँले आइतबार नै मध्यान्ह नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम छ । ओली र प्रचण्डसँग नक्सालस्थित होटेल मेरियटमा उनले भेट गर्नेछन् । आइतबार नै उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार