Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मानिसको किन चरित्र हत्या गर्न खोजिन्छ  ?

  • 338
    SHARES
  • 338 Shares
  • मानिस चेतनशील प्राणी हो । समाजमा रहेका मानिसहरुको एउटै स्वभाव,भावना मिल्न सक्दैन् त्यसकारण स्वभाव,आचारण,भेषभूषा, रहन सहन पनि फरक हुनु कुनै नौलो कुरा होइन् । हुन त हाम्रो समाजमा पछिल्लो समय सकारात्मक कुराको भन्दा नकारात्मक कुराको बढी चर्चा हुने गर्दछ । राम्रा कुराले खासै स्थान पाउन छाडिसकेको अनुभूति गर्न सकिन्छ । सत्यता,इमान्दारिता,नैतिकता भन्ने हराउदै जान थालेको छ । समाजमा बिकृति बिसंगति मौलाउँदै गएको छ । मानिसमा अहमता,ईष्यापन बढ्दै गएको छ । आफुले आफुलाई सर्वमान्य ठान्ने प्रवृत्ति चुलिदै गएको पाइन्छ । सार्वजनिक ओदाहामा बस्ने र काम गर्ने कोही पनि व्यक्ति राम्रो बन्न सक्दैनन् । त्यसको कारण कुनै न कुनै पक्षको चित्त बुझ्न नसक्दा त्यसको प्रत्यक्ष असर सार्वजनिक ओदाहमा बस्ने व्यक्ति पर्न सक्छ यसमा कसैको दुबिधा नहुन सक्छ । सामान्य उदाहरणको लागि आफ्नो परिवारका सदस्यको आकाक्ष,चाहना अनुरुप माग पूरा नगरिदिदाँ रिसाउने,फन्किने देखि मुखै नबोल्नेसम्मका घट्ना पनि हाम्रो समाजमा हुने गरेको पाइन्छ । समाजमा राम्रा काम गर्ने व्यक्तिको खुट्टा तान्ने, अघि बढ्न नदिने,लडाउन खोज्ने तत्व पनि यस समाजमा नभएको होइन् ।  
    केही दिन अघि मात्रै व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेको चरित्र हत्या गर्ने प्रयास गरिएको थियो । सामाजिक संञ्जालबाट व्यङग्य,प्रत्यक्ष र अप्रत्यक्ष रुपमा स्टाटस लेखेर चरित्र हत्या गर्न खोजियो । वास्तवमा क्याम्पस प्रमुख हड्खलेको किन चरित्र हत्या किन गर्न खोजियो यो बिषयमा धैरैको ध्यान केन्द्रित भएकै कुरा हो । 
    काँग्रेस भित्रको एउटा गुटले अर्को गुटलाई सिध्याउने खेलको शुरुवात हुनुको मुख्य कारक नै चरित्र हत्या गर्न लागेको बिशेष स्रोतबाट खुल्न आएको छ । क्याम्पस प्रमुखको म्याद थप गर्ने नगर्ने बिषयमा असार महिनामा निर्णय हुदैछ । एउटा समुहले क्याम्पस प्रमुख हड्खलेलाई पुन ः म्याद थप नगराउन सक्रिय भएर लागेको कुरा पनि ऐना झै छर्लङ्ग भएको छ । तीन बर्ष अघि करोडौको घाटामा रहेको क्याम्पसलाई ऋणमुक्त बनाएका हड्खलेले अहिले दुई करोड पचास लाख रुपैयाँ बैक ब्यालेन्स गर्न सफल भएका छन् । तलव नियमित गराएका छन । हडखले क्याम्पस प्रमुख हुनु अघि एक हजार चार सय विद्यार्थी थिए हाल तीन हजार बढी विद्यार्थी अध्ययनरत गराउन सक्षम बनेका छन् ।
    सामुदायिक क्याम्पसको गण्डकी प्रदेशको अध्यक्ष समेत रहेका हड्खले आफ्नो नीजि पेशा,निजी बोडिडस्कुल कलेज संञ्चालन नगरी क्याम्पसलाई नमुना बनाउनुपर्छ भनि विहान देखि सांझ सम्म सदैब दत्तचित्त भएर लाग्दै आएका व्यक्ति हुन् । क्याम्पसमा नेताले भनेका व्यक्तिलाई रोजगारी दिएन्,भनेका व्यक्तिलाई छात्राबृत्ति दिएन भनेर पनि हड्खलेको बिरुद्दमा लाग्नेको संख्यामा कमी छैन् । 
    नेपाली काँग्रेसका तर्फबाट व्यासको नगरप्रमुख उम्मेद्वारलाई जिताउन सक्रिय भूमिका खेल्दै आएका हड्खलेले न्यौपानेलाई हराउन सक्रिय देखिएका व्यक्तिहरु पनि हड्खलेको बिरुद्दमा लाग्ने गरेका  छन् । अघिल्लो निर्वाचनमा पनि न्यौपानेलाई पार्टीको सभापति बनाउन हड्खलेको महत्वपूर्ण योगदान रहेको स्वयम काँग्रेसका कार्यकर्ताहरु बताउँछन् । 
    अबको निर्वाचनमा नेकाँ बरिष्ठ नेता रामचन्द्र पौडेल उठ्ने चर्चा चलेसंगै हड्खलेमाथि आक्रमण गरी सिध्याउन सके शक्ति कमजोर बनाई काँग्रेस भित्रकै अर्को गुटले हालिमुहाली गर्ने दाउँमा रहेको छ । 
    क्याम्पस प्रमुख हड्खलेले क्याम्पसलाई समावेशी तरिकाले लैजानुपर्छ भनेर अहोरात्र खट्ने व्यक्ति हुन् । के काँग्रेस,के बामपन्थी,के दलित,के जनजाति,ब्राह्मण,क्षेत्री सबै समुदायका विद्यार्थीलाई समान व्यवहार गर्ने स्वभाव रहेको स्वयम उक्त क्याम्पसमा कार्यरत प्राध्यापकहरु बताउँछन् । पार्टीको क्रियाशील सदस्य बाहेक कुनैपनि पदमा नरहेका क्याम्पस प्रमुख हड्खले आफु स्वतन्त्र रहेर स्वतन्त्र रुपमा क्याम्पस संञ्चालन गर्ने योजनामा अघि बढेका दीर्घकालिन सोचका व्यक्ति हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार