Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अमेरिकाको टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

  • 210
    SHARES
  • 210 Shares
  • काठमाडौं १४ असार,  अमेरिकाको टेक्सासमा ४० जना व्यक्ति मृत फेला परेका छन् । टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४० जना व्यक्ति मृत फेला परेको बीबीसीले लेखेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अन्य १६ जनालाई अस्पताल लगिएको छ। मृतकहरू आप्रवासी हुन् । तर, कुन देशका हुन् भन्ने बारेमा नखुलेको सञ्चार माध्यमहरूले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरमा एउटा ठूलो ट्रकको वरिपरि अहिले ठूलो संख्यामा आपतकालीन उद्धारकर्ताहरू देखिएका छन् । गाडी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्रयाकको छेउमा फेला परेको थियो। गाडी फेला परेको क्षेत्र घटनाको थप विवरण आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।अनलाइन खबर 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार