Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष श्रेष्ठ र काठमाण्डौंका मेयर बालेन शाह बीच भेट

  • 1.1K
    SHARES
  • 1.1K Shares
  • जनचाहना न्युज 
    तनहुँ १ साउन 
    ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उप मेयर सुनिता डंगोल बीच आइतबार भेटघाट भएको छ । एक आपसमा अनुभव आदानप्रदान हुँदा भेटघाट कार्यक्रम फलदायी भएको ऋषिङ्ग गाउँपालिकाका प्रवक्ता बिजय दरैले जानकारी दिए । सहर र गाउँको विकास,समस्याका बिषयमा अनुभव आदानप्रदान गरिएको  थियो ।  गाउँपालिकाको भावि योजना र एउटा देशकै केन्द्रमा रहेको महानगरपालिकाको भावि योजना बारे एक आपसमा अनुभव साटासाट गर्ने मौका मिलेको ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    ph dangol.jpgकाठमाण्डौंको चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा महानगरपालिका सक्रिय रुपमा लागेको काठमाण्डौ महानगरपालिकाका मेयर शाहले बताएका थिए । महानगरपालिकाले चालु आर्थिक बर्षको लागि रु.२५ अर्बको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको मेयर शाहले सो अवसरमा जानकारी गराएका थिए । ऋषिङ्ग गाउँपालिकामा दोस्रो कार्यकाल अध्यक्ष बनेका श्रेष्ठले गाउँ र शहर  बीचको अनुभव एक आपसमा साटासाट गर्न पाउँदा खुशी लागेको बताए । भेटघाटमा अनुभव आदानप्रदान गरेपछि तनहुँको ऋषिड गाउँपालिकामा पनि आउने आश्वसन महानगरपालिकाका मेयर र उपमेयरले  दिएको अध्यक्ष श्रेष्ठले   बताए । ठुला पालिकाले कसरी कर्मचारी व्यवस्थापन गरेका छन् कसरी काम गरेका छन् भन्ने अनुभवलाई आफ्नो पालिकामा पनि प्रयोग गरिने बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार