तनहुँमा कोभिड–१९ बाट सुरक्षित हुन साउन ३२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारि गरिएको छ ।
छिमेकी जिल्लाहरुमा नयाँ डेल्टा भेरियण्ट देखा परेकोले समुदायमा व्यापक फैलिन सक्ने अवस्था मध्यनजर गर्दै निषेधाज्ञाको अवधि लम्बयाइएको हो ।
जिल्ला कोभिड व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कायम रहेकोले निषेधाज्ञाको अवधि बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।
यदि कोही कसैले उक्त आदेशको उल्लघन भएमा कोभिड–१९ संकट व्यवस्थापन संम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८बमोजिम कारबाही हुने छ ।
कोभिड–१९ संकट व्यवस्थापन संम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि यस अघि जारि गरिएको निषेधाज्ञालाई जिल्लाभर निरन्तरता दिइएको हो ।
के के संञ्चालन गर्न पाइन्छ ?
स्वास्थ्य र सुरक्षा मापदण्ड पूरा गरेर निर्वाध रुपमा संञ्चालनको लागि एम्बुलेन्स,ग्याँस पेट्रोलियम पदार्थ,खानेपानी,औषधी तथा उपचार सामाग्रीहरु, स्वास्थ्य संस्था, अस्पताल, भेटेरिनरी औषधी पसल, दुरसंञ्चार, इन्टरनेट, फोहोर मैला व्यवस्थापन, मल,बिउ र कृषि सामाग्रीदुग्ध व्यवसाय,बैकको एटिएम सेवा,कुरियर,डाँक सेवा र सार्वजनिक निर्माण संम्बन्धि कार्य र सेवाहरु तथा दुवानी सेवा निर्बाध रुपमा संञ्चालन हुने छन् ।
त्यसैगरि बन्दा गरिएका सेवा तथा व्यवसाय बाहेक अन्य सबै सेवा र व्यवसाय बिहान ५ बजे देखि दिउँसो ४ बजे सम्म खोल्न दिने निर्णय भएको छ । साथै स्वास्थ्य र सुरक्षाको पर्याप्त प्रबन्ध गरेर होटलमा ५० प्रतिशत बेड क्षमतासम्म पाहुन राख्न पाउने निर्णय गरिएको छ ।
के के संञ्चालन गर्न पाइदैन् ?
सिनेमा हल,पार्टी प्यालेस,डान्स बार,दोहोरी नाचघर,क्लब हेल्थ क्लब,सैलनु सेवा व्यूटिपार्लर, कस्मेटिक बिक्री बाहेक जिमखाना, स्वीमिङ पुल,फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, साइकल र मोटरसाइकलमा गरिने व्यापार,रंगशालामा हुने दर्शक सहितको खेलकूद,तालिम,सेमिना,भर्चुअल बाहेक भौतिक उपस्थितीमा गरिने शिक्षण प्रशिक्षण र मानिसहरुको भिडभाड हुने सबै प्रकारका कार्यक्रमहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।
भारत र अन्य मुलुकबाट तहुँ जिल्ला आउने व्यक्तिले अनिबार्य दश दिन क्वारेन्टिनमा बस्ने,मठ,मन्दिर मस्जिद,चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य पूजा मात्र गर्ने गराउने निर्णय भएको छ ।
सामाजिक र साँस्कृतिक कार्यहरु बिवाह,ब्रतबन्ध लगायतका कार्यमा पन्ध्र जना भन्दा बढी सहभागि नहुने र सहाभागीहरुले निर्धारित मापदण्ड पूर्ण रुपमा पालनगर्ने गरि पूर्व स्वीकृति लिएर मात्र संञ्चालन गर्ने गराउने व्यवस्थालाई प्रभावकारी बनाउने,नीजि सवारी साधान संञ्चालन गर्ने गराउने निर्णय भएको छ ।
जिल्ला भित्र संञ्चालन हुने सार्वजनिक सवारी साधानहरु बिहान ६ बजे देखि साँझ ६ बजेसम्म मात्र सिट क्षमता भित्र रहि अनिवार्य रुपमा सबै यात्रीले मास्क लगाउने,चालक,सहचालकले माक्स,फेसशिल,पन्जा लगाउने गाडीको ढोकामा स्यानीटाइजर राख्ने र प्रयोग गर्ने लगायतका स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर संञ्चालन गर्ने बिषयमा निर्णय भएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij