Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दलीय गुट, गठबन्धन र निसासिएको लोकतन्त्र 

  • 235
    SHARES
  • 235 Shares
  • जिउँदो समाजमा द्वन्द्व, संवाद र निचोड नियमित प्रक्रिया हुन् । जहाँ समाज छ त्यहाँ राजनीति हुन्छ । समाजले राजनीतिमा संवादको थालनी गर्छ । समाज र समग्र सामाजिक गतिविधिलाई एउटा पद्धतिमा हिंडाउने राजनीतिलाई पृष्ठभूमि भने समाज नै पहिलो एकाइ    हो ।

    यहाँनेर समाजको लागि राजनीति या राजनीतिको लागि समाज भनेर चिनियाँ पर्खाल लगाउन आवश्यक छैन । दुवै एक अर्कोमा यति परनिर्भर छन् कि एउटाको अनुपस्थितिमा अर्को भूमिकाविहीन हुन्छ । तसर्थ एउटा निचोड के हो भने समाजको हित अनुकूलित राजनीति मात्र टिकाउ हुन्छ । 
    नेपाली लोकतन्त्रको यात्रा २००७ सालबाट सुरु भएर विभिन्न आरोह र अवरोहबीच अहिलेसम्म करिब ७२ वर्ष भएछ । झण्डै यो लोकतन्त्र भन्दा १० वर्ष जेठो नेपाली कांग्रेसको इतिहास रहेको छ । नेपाली कांग्रेसको आफ्नो मौलिक छवि र नीतिका कारण यो दल नेपालको दलीय व्यवस्था सबैभन्दा प्रभावशाली र ठूलो दलको रूपमा अहिलेसम्म स्थान सुरक्षित गरेको छ । यस मानेमा यो नेपाली कांग्रेसप्रति आम जनविश्वास रहेको पाइन्छ । 
    नेपाली कांग्रेसभित्र बीपीको पालादेखि नै गुटहरू निर्माण हुने र भत्कने क्रम चलेको हो । अहिलेसम्म निरन्तर चलिरहेको छ । राजनीतिक क्षेत्रमा के कुरा स्वीकार गरिन्छ भने जीवन्त पार्टीहरूमा गुटहरू निर्माण हुनुपर्छ । यसले पार्टीको जीवनलाई झनै सशक्त बनाउन मद्दत पुर्‍याउँछ तर गुटहरू स्थायी भने हुनुहुँदैन । पूर्व प्रम गिरिजाप्रसाद कोइरालाको पालादेखि भने गुटहरू स्थायी रूपमा निर्माण भएको हुने र यी यस्ता स्थायी गुटहरूले पार्टीको आन्तरिक जीवनलाई चलायमान बनाउन भन्दा पनि विग्रह तथा विघटनको दिशातर्फ उन्मुख हुन पे्ररित गर्छन्
    केही हदसम्म कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल तथा प्रकाशमान सिंहले स्थायी गुटलाई भत्काएर पार्टी विभाजनबाट रोक्नलाई महत्वपूर्ण भूमिका निर्वाह गरे । तर यो यथार्थलाई केही व्यक्तिहरूबाट अवसरवादी विचार भनी प्रचार गरिएको पाइन्छ । 
    नेपाली कांग्रेसमा गिरिजाबाबुको एकल निर्णयको प्रभावका कारण देउवा गुटको स्थापना भएको र अहिलेसम्म देउवा गुटको प्रभाव बढ्नुमा पनि हिजोको कोइराला परिवारको वरिपरि मात्र घुमेको नेपाली कांग्रेसको राजनीति प्रमुख कारक हुन आउँछ । पार्टीभित्र शेखर गुट प्रभावशाली हुन नसक्नुको पछाडि एउटा कारण गिरिजाबाबुको छायाँ र अर्को स्वयं शेखर कोइरालाको प्रतिक्रियात्मक गतिविधि नै हो । डा। शेखर कोइराला स्वस्थ, निडर, जोशिलो, देशदर्शनमा रुचि राख्ने हुँदाहुँदै पनि उनको भूमिका पार्टीमा सशक्त हुन सकेन । उनले कांग्रेसको नीति, कार्यक्रम र सरकारको कार्यक्षेत्र बीच भेद छुट्याउन सकेका छैनन् ।

    सरकारको क्रियाकलापलाई सुझाव दिने गरी ठूलो छाती उनमा छैन । केवल सरकार त्यो पनि आफ्नो सरकारको जे जे निर्णय हुन्छन् त्यसको प्रतिक्रियात्मक दृष्टिकोण मात्र उनले स्थायी रूपमा सम्प्रेषण गर्दै आएको पाइन्छ ।

    अरूको आलोचना गर्ने काम ज्यादै सजिलो हुन्छ तर सही सुझाव दिन ठूलो छाती चाहिन्छ । उनमा सम्पूर्ण कुरा एउटा नेतृत्वमा हुनुपर्ने हुँदाहुँदै पनि आफ्नो हलुका टिप्पणी गर्ने स्वभावका कारण उनलाई उनकै गुटभित्रका केही प्रभावशाली नेताहरूले अन्तरमनदेखि टिमको मुख्य नेता भनी आदरभाव र स्वीकार गर्न सकेका छैनन् ।

    अर्कोतर्फ संस्थागत गुटको एउटा बलियो खम्बा हालका पार्टी सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन् । उनको संगठन र गुट व्यवस्थापनको अनौठो शैली छ । उनले विश्वास गर्नेलाई धोका दिएको विरलै उदाहरण भेटिएलान् । गुट खेलाउन सक्ने माहिर खेलाडी उनी हुन् । तर उनको विरासत पछि त्यस्तो प्रभावशाली व्यक्ति जसलाई सबैले स्वीकार गरोस्, त्यो भने खडेरी नै छ । सायद देउवाकै स्वभाव भएका बालकृष्ण खाँण या पूर्णबहादुर खड्का या कसले बाजी मार्ने हो, त्यो भने उनीहरूकै भूमिकाको प्रभावकारितामा निर्भर गर्ला । संसदीय निर्वाचनको मतपरिणाम कसरी प्रकट हुन्छ, त्यसले पनि पार्टीभित्र को बलियो हुने भन्ने कुराको केही संकेत भने अवश्य गर्नेछ । नेपाली कांग्रेसभित्र अझै धेरै अवसरवाद, व्यक्तिवाद र परिवारवादको राजनीति झाँगिंदै गएमा यो पार्टीप्रति रहेको जनविश्वास गुम्ने खतरा ज्यादै देखिन्छ । कांग्रेसको कुनै नेता जित्ने र हार्ने भन्दा पनि समग्र लोकतन्त्रको भविष्य संकटमा पर्नेछ र नेपाल विभिन्न विचारको प्रयोगशालामा रूपान्तरण हुने हो कि भनेर चिन्ता गर्न थालिएको छ ।

    गठबन्धनको सकस

    यो पंक्तिकारले पटक(पटक उठाएको सवाल के हो भने जित्नेकै लागि खेलको सर्वमान्य सिद्धान्तहरू फेर्नुहुँदैन । लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य शर्त हो । निर्वाचनकै माध्यमबाट सत्ता प्राप्ति, निर्माण र पार्टीको नीति कार्यान्वयन सम्भव छ तर गठबन्धन जसरी अपरिहार्य भनी नेपाली कांग्रेसको संस्थापन पक्ष लागेको छ, यसको असर स्वयं पार्टीको आन्तरिक जीवनमा मात्र होइन लोकतन्त्रका मूल्यमान्यतासम्म पर्ने निश्चित नै छ ।

    गठबन्धन त्यतिबेला मात्र जायज हुन्छ जतिबेला सरकार निर्माणको लागि गणितीय संख्याको आवश्यकता पर्छ र त्यसको लागि सरकारका न्यूनतम नीति र कार्यक्रममा सहमति निर्माण हुन्छ । त्यो एउटा आधारशिला हो । तर सिद्धान्ततः एकअर्काका वर्गीय शत्रु, लोकतन्त्रलाई रणनीतिको रूपमा लिएका, आफैं अस्थिरताको घर भएका, करणी र कथनीमा ठेगाना नभएका दलहरूसँग यसैगरी गठबन्धन हुने हो भने कांग्रेसभित्रको लोकतन्त्र र मौलिकता नाश हुन्छ ।

    राजनीतिमा विवेक प्रयोग गर्न निर्वाध रूपमा पाउनुपर्छ तर गठबन्धनले जनताको स्वतन्त्र विवेकलाई अपहरण गरी जबरजस्ती चुनाव जित्ने रणनीति बनाएको छ । यो कांग्रेसकै निरन्तरतामा पनि ठूलो प्रश्नचिहृन हो । यसलाई मलजल गर्ने संस्कृतिको विकास गर्ने हो भने लोकतन्त्रलाई राजनैतिक सिन्डिकेटले ट्रयापमा पार्नेछ र बलिया तथा धनीहरू शासक बन्नेछन् भने जनता झनै निरीह बन्नेछन् ।

    यो कुरा माओवादीभित्र पनि लागू हुन्छ किनकि विसर्जनवादी पार्टी भयो भन्दै यो नयाँ(नयाँ पार्टीहरू जन्मिंदै, छुट्टंिदै र विस्तार हुँदै गएको देखिन्छ । स्वयं विप्लवका पछाडिको शक्ति भनेकै नेकपा माओवादी पार्टीको मौलिक चरित्रमा आएको विसर्जनको प्रतिफल हो ।

    हिजो चुनाव जितेर संसदमा आएका, विभिन्न पदमा पदासीन, पारिवारिक पृष्ठभूमि गतिलो भएका र चुनावी खर्चलाई सजिलै जोहो गर्न सक्ने क्षमता भएका अझ स्पष्ट भन्ने हो भने ठेकेदारहरूको भूमिका देखिएकाहरू गठबन्धनले उम्मेदवार बनाउन पहिलो रोजाइमा राख्नेछ । अहिले एक किसिमको शब्दावली व्यापक रूपमा प्रयोग गरिंदै आइरहेको देखिन्छ, प्रचण्ड होस् या ओली या देउवा, सबैले चुनाव महङ्गो भयो भनिरहेका छन् । तसर्थ यसको सामना गर्न जो(कोहीलाई पनि मुश्किल छ । अर्थात् उनीहरूको भित्री आशय के हो भने राजनीति सर्वसाधारण र इमानदार व्यक्तिको पहुँचको विषय होइन । चुनावमा धेरै खर्च हुन्छ त्यो जुटाउन जो कोहीले सक्दैन । तर के अब राजनीति अर्बपतिको रथ हो रु यसमा इमानदारी नै हुँदैन रु राजनीतिमा देखाउने र वास्तविक दाँत फरक फरक हुन्छन् रु हेक्का  होस् । यो गठबन्धनलाई सिट बाँडफाँट मात्र होइन पार्टीभित्र टिकट वितरणमा धेरै ठूलो समस्या छ । त्यसले आमनिर्वाचनमा ठूलो अर्थ राख्नेछ ।
    जनसवाल
    लोकतन्त्रको आयु भोकतन्त्रको व्यवस्थापनसँग जोडिएको छ । लोकतन्त्रको आयु जातीय, रंगभेद तथा धार्मिक व्यवस्थापनसँग जोडिएको छ । यो समय सवालहरू उठान गर्ने अर्थात् लोकतन्त्रको समय हो । जहाँको लोकतन्त्रले सीमित स्वार्थको प्रयोजनार्थ कार्य गर्छ भने लोकतन्त्रको दिगोपना रहँदैन । जहाँका शासकहरू आम नागरिक भन्दा भिन्न भएको व्यवहार गर्छन् भने त्यहाँको व्यवस्थाको परिवर्तन अनिवार्य छ ।

    संसारभरिका कम्युनिस्टका गुरु कार्ल माक्र्सले बताएको सार के हो भने विभेद नै क्रान्तिको प्रमुख कारक हो । तसर्थ कम्युनिस्टहरू आफूलाई क्रान्तिकारी भन्छन् तर स्वयंको वर्ग रूपान्तरण हुँदा जनताको किन हुन सकेन भनी बुझ्ने प्रयत्न नै गर्दैनन् । उनीहरूको आफू सर्वहारा हौं भनी सुगारटाइ गर्छन् । तर व्यवहार हेर्दा उनीहरूले क्रान्तिलाई भ्रान्तिमा रूपान्तरण गरिरहेका छन् । छलछामको राजनीति गरिहेका छन् र नेपालको सन्दर्भमा पनि त्यही नै हो ।

    जनताले सवाल गर्न पाउनुपर्छ । नागरिक आवाजलाई बन्द गरिएको समाजमा रूपान्तरण होइन विस्फोटन नै हुन सक्छ । नेपालका पार्टीहरू पारदर्शी छैनन् । चरम स्थायी गुटको बिगबिगी छ । परिवारवाद मौलाउँदैछ । नेताहरू नवधनाढ्य वर्गमा परिणत भइरहेका   छन् ।

    जनताको सवाल छ लोकतन्त्रको परिभाषा के विभेद हो रु लोकतन्त्रले झुपडपट्टीको बास बस्न सक्दैन रु चुनावको खर्च जनताको मत किन्नकै लागि किन रु सामाजिक रूपान्तरण नभई किन नेतृत्वमा मात्र आर्थिक रूपान्तरण कसरी भयो रु राजनीति के पेशा हो रु हो भने व्यापार व्यवसाय के हो रु संविधान समाजवाद उन्मुख तर शिक्षा, स्वास्थ्य ठेकेदारको तजविजीमा छोडियो किन रु माइक्रोबसदेखि हवाईजहाजसम्म नेताहरूकै लगानी कसरी रु दिगो विकास भनेको के नेतृत्वको विकास मात्र हो रु

    हो, यस्ता सवालहरू आसन्न निर्वाचनका क्रममा युवा सोच र विचार भएका पंक्तिबाट आउनेछन् र आउनुपर्छ । त्यसको लागि जो जो चुनावमा आउँदैछन्, कृपया उत्तर दिने हैसियतमा आउनु उत्तम हुनेछ ।अनलाइन खबर 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार