Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

हिम्मत गरे,पक्कै बन्नेछ नगरबासीको सरकार ‘व्यास नगरपालिका’

  • 679
    SHARES
  • 679 Shares
  • व्यासनगरपालिका भित्रका संम्पूर्ण जनताको जनजीविका संग सरोकार राख्ने सरकार नै यस व्यास नगरपालिका हो भन्ने कुरामा दुई मत रहोइन् । तसर्थ तत् संग संम्बन्धित केही निम्न लिखित आग्रह पोख्न चाहन्छु । 
    जनजीविकाको सवालमा सर्वप्रथमत ः गाँस,बास,कपास मध्ये गाँस नै मुख्य भएकोले यसैबाट सुरुवात गर्न चाहन्छु । प्रत्येक जनतालाई सरोकार राख्ने बिषय भनेकै दैनिक उपभोग्य सामाग्री पर्दछन् । कुनैपनि खाद्य सामाग्रीको उत्पादन कम्पनीबाट ग्रायण्ड ड्रिष्टिव्युर्टर, ड्रिष्टिव्युर्टर,डिलर थोक बिक्रेता,खुद्रा पसल हुदै उपभोक्तासम्म आइपुग्दा मूल्य आकासिनु स्वभाविकै हो । यो व्यापारीक नियम नै हो भनि मुकदर्शक भईबसे भोलीको मूल्य बृद्धि अनुमान गर्न सकिदैन् । यो एक समस्या हो,जहाँ समस्या,त्यहाँ उपाय भन्ने कुरा पनि बिर्सन हुदैन् । 
    १.नगरपालिकाले व्यवसायिक भवन बनाई भाडाको व्यापार गर्न हुन्छ भने ग्रायण्ड ड्रिष्टिव्युर्टरबाट सोझै नगरपालिकाकै व्यवस्थापनमा दैनिक उपभोग्य सामाग्री आपूर्ति गरी सोही भाडा भवनमा सूपथ मूल्य पसल खोली दिने हो भने कम्तीमा चालिस प्रतिशत कम मूल्यमा सेवा दिन सकिन्छ ।
    २.व्यास नगरपालिकाको क्षेत्र शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्र धेरै भएकोले ग्रामीण बस्तीको विकास नै मुलत ः नगरपालिकाको विकास भन्ने   ठहरिन्छ । विकासको पहिलो रुप भन्नाले बाटोघाटो,मर्मत तथा निर्माणले मान्यता पाएइको सर्वबिदितै छ । सोही बिषयमा प्रवेश गर्दा नगरपालिकाले बर्षको एक पटक दशैं वरिपरि बाटोघाटो शीर्षकमा संम्पूर्र्ण वडाहरु मार्फत करोडौं रकमहरु बिनियोजन गरेको हुन्छ । ग्रामीण बस्तीमा नाला बिनाका सडक मापदण्ड बिपरीतका मुख बिक्नेहरुको लहडमा खनिएका बाटाघाटाहरुले प्राविधिकहरुलाई गिज्याई रहेको अनुभूति गर्न सकिन्छ । उक्त बिनियोजित रकमले मुश्किलले ५० प्रतिशत काम नभएपनि बैधानिकता पाएकै छ । बर्षमा एक पटक खनिने एघार महिना बिग्रने बाटोमा करोडौं रकम बिनियोजन गर्नु भन्दा उक्त रकमले दुई चार थान डोजर किन्न सकिन्छ । यसरी बाह्रै महिना सुधारमा लाग्ने हो भने त्यो बिकल्प दुरगामी पक्कै हुने छ । बरु आगामी बर्षको बजेटले कालोपत्रे गर्नलाई ठुलो मद्दत पुग्ने  छ । 
    ३.नगरपालिका भित्र अन्य भौतिक विकासका कार्यक्रमहरु पनि प्रस्तुत गर्ने गरिन्छ । कुनै ठेक्कापट्टाद्धारा र कुनै उपभोक्ता समिति मार्फत कार्य सम्पन्न गर्ने गरिन्छ । उपभोक्ता मार्फत गरिने विकासे योजनाहरुको सम्पूर्ण निर्माण सामाग्री नगरपालिकाले नै वायर हाउस निर्माण गरी बितरण गर्न सके आर्थिक चुहावट रोक्न सकिने थियो । 
    ४.अन्त्यमा युवा पलायन हुनुको मूल कारण आफुले उत्पादन गरेको कृषिजन्य बस्तुको बजारी व्यवस्थापनमा बिचौलियाहरुको कारणबाट नै कृषि कार्य हतोत्साहित भएको नकार्न सकिन्न् । कृषिका लागि अनुदान होइन्,बजारीकरणको व्यवस्थापनमा नगरपालिकाले गर्न सके बरिष्ठ नेता एवं पूर्वमन्त्री रामचन्द्र पौडेलले भन्नु भएझै गाउँमै बसुम बसुम लाग्ने पक्कै थियो । 
    व्यास नगरपालिका– ६ तनहुँ 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार