किसानहरु बैंकको ऋण लिई कृषि कार्यक्रम चलाई रहेकाहरुको अवस्थामा किसानले उत्पादित गरेका साग,सब्जी,दुध,मासु,अन्नपातहरु सडेगलेर खेर जाने चिजबस्तु जस्तै ः तरकारी फलफूल,दुध आदिको सुरक्षित गर्न भण्डारणको व्यवस्था नहुँदा भनेको समयमा कुनै पनि चीज बिक्री नहुँदा सडेगलेर खेर जाँदा ऋण तिर्न नसकि लाखौंलाख किसानहरुको घरजग्गा बिक्री गरेर ऋण तिर्नुपरेको छ । न सक्नेहरुको घरजग्गा लिलाम भएका छन् वा बैकले आफ्नो नाउँमा सकारेर राखेको अवस्था छ । किसानहरुको कृषि उपजले राम्रो मूल्य र बजार नपाउँदा कृषिमा जति दुख गरेपनि आफ्नो मिहिनेतको ज्याला समेत उठाउन सक्ने अवस्था छैन् । यस्तो किसिमको परम्परागत खेतीलाई त्यागेर समयानुकल अनुरुपको खेती गरेर आफनै नीजि लगानीमा सजिलैसँग करोडपति बन्न सक्ने र करोडपतिको हैसियतमा बनाउन सकिन्छ । ती हुन । गाँजा खेती र अगरउड खेती । गाँजा खेतीको लागि कुनै किसिमको ऋण लिनु पदैन, एक पाथी गाँजाको बीउ भए पुग्यो र अगर उडको बिरुवा ५ देखि १० वर्ष भित्र उपचार गरेर बेच्न सकिन्छ । ५० वर्ष सम्म पाल्न सके एउटा रुखबाट एक किलो उद् भन्ने पदार्थ उत्पन्न भयो भने एक किलो सुन बराबरको पैसा आउँछ । यसरी छोटो अवधिमा पैसा पर्ने गाँजा खेती संगसंगै अगर उडको खेती गरेमा छोटो अवधिमै निश्चय नै करोडपतिको हैसियतमा पुग्न सकिन्छ । नेपालको हकमा गाँजा खेती भारत र अमेरिकाले सरकारलाई किनेर कानुनले प्रतिबन्ध लगाएको छ । अहिले अमेरिकामा एउटा प्रान्तलाइ छाडेर ४८ प्रान्तमा गाँजा खेती गर्ने ईजाजत दिएको छ । बिश्व स्वास्थ्य संगठनले पनि गाँजालाई बन्द गरेकोमा यो त औषिधि रहेछ भनेर सदस्य राष्ट्रहरुमा यो प्रस्ताव राखेर भोटिङ गरेर गाँजालाई लागुपदार्थ होइन औषधी हो भनेर गाँजालाई खुला गरिएको अवस्था छ । थाइल्याण्डमा गाँजाको औषधी कोरोनाको संक्रमित निको पार्ने यसको साथै गाँजा प्रेमीहरुले थाइलण्डमा थुप्रिदाँ राष्ट्रिय अर्थतन्त्रमा र पर्यटक क्षेत्रमा ठुलो टेवा पुगि रहेको छ । त्यहाँको राष्टद्वारा गाँजा परेको खानेकुराहरु चिसो पदार्थ पाइने हुँदा रेष्टुराहरुमा पनि राम्रो संग चलेको छ । हाम्रो नेपालीबाट एकजना व्यक्तिले थाइल्याण्डमा गाँजा खेती गर्न इजाजत पाईसकेका छन् । ठूलो लगानी गरेर गाँजा खेती गरिरहेको छन् । जुन देशमा गाँजा जस्तो लागु पदार्थ फेला परेमा सिधै मृत्यु दण्ड दिने व्यवस्था छ त्यस्तो देशमा पनि विश्व स्वास्थ्य संगठनले गाँजालाई औषधीको रुपमा लिएर लागु पदार्थको नामावलीबाट भोटिङ्ग गरेर हटाइ खुला गरेको छ । त्यसरी नै थाइल्याण्डले पनि यो गाँजालाई औषधीको रुपमा लिएर कानुनी रुपमा खुला गरेको छ । गाँजाले बिरामीहरुको फोक्सो निको पार्न सक्ने अनुसन्धानबाट पत्ता लागेको चिकित्सा बिज्ञान विभागले जनाएको छ । यसो हुँदा थाइल्याण्डका जनताहरु कोरोना भाइरसको त्रासबाट छिटै मुक्ति पाइने थाइल्याण्डका उपप्रधान तथा जन स्वास्थ्य मन्त्रीले बताएका छन् । गाँजा संसारमा सबै भन्दा लोकप्रिय औषधी भएको थाइल्याण्ड मेडिकल रिसर्च इष्टिच्यूटले समेत जनाएको छ । यस्तै गरि पाकिस्तानले पनि भाङ्गको औद्योगिक उत्पादन गर्न अनुमति दिने योजना सार्वजनिक गरेरको छ । विश्वव्यापी भाङ्ग बजारमा रहेको मागलाई सम्बोधन गर्नसके यसबाट लामो समय कमजोर देखिएको बिदेशी मुद्राको सञ्चिति हुने सरकारी अधिकारीहरुले विश्वास लिएका छन् । प्रधानमन्त्री इमरान खानले सरकार कमजोर,अर्थतन्त्र, बित्तिय घाटा, मुद्रा स्फीतिले ग्रस्त आर्थिक अवस्थालाई पोत्साहन गर्न संघर्ष गरि रहेको अवस्थामा यो योजना चर्चामा आएको बताउनुभएको छ । यो भाङ्गको बजारले पाकिस्तानलाई आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलर आम्दानी दिन सक्ने हुँदा हामी यस उद्देश्यका लागि पूर्ण योजना बनाउने पक्रियामा छौँ भनि विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधारीले बताएका छन् । भारतमा पनि रामदेव र बालकृष्णको पतञ्जली आयुर्वेदलाई औषधीको लागि गाँजा खेती गर्न इजाजत दिए सकेको छ । नेपाल जस्तो आर्थिकले डुबेको देश, ऋृणै ऋृणको भारी बोकेको देश, ऋण लिएर सरकार चलाउन परेको देश, आफ्नो आमा, स्वास्नी, छोरा, बुहारी, भाउजु लाई समेत खाडी देश,जर्मन, जापान, कोरिया,मलेसिया जस्तो सयौँ देशमा कतै अबैधानिक क्रियाकलापमा, कुनै भाँडा माँझ्ने,घर सफा गर्नेमा काम गर्न पठाएर जीविको पार्जजन गरिरहनु परेको छ । हाम्रो देशका महिला पुरुष गरी करिब ५० लाख बिदेशिनु परेको छ । हाम्रो देशमा भएको जग्गा जमिन चौर पल्टाएर डाडा काँडाका पाखाहरु पनि सबै चिलाउने घारी, कटुस घारी बनाएर राखी बिदेशमा मात्र श्रम बेचेर खानुपर्ने परेको छ । देश,मित्रराष्ट्रहरुले नेपालले गरि खाओस् भनि खोलि दिएको कारखानाहरु पनि त्यसमा बढाउनुको अलवा भएका कारखाना, उद्योग धन्दा तहसनहस हुँदा करिब ५० लाख भन्दा बढी नेपालीलाई भारतले पाल्दै र्आको छ ।
हाम्रो देश दैनिक १०—१५ श्रमिकको लास बन्दा बाकसमा भित्रयाउने देश, ११ नम्बर को देश झन झन गरिब बन्दै जाँदा संसारको सबै भन्दा गरीब देशमा दोस्रो तेश्रो मुलुकमा गणना हुन पुगेको देश, जति भने पनि राष्ट्रिय चेतना नभएको देश, यस्तो अवस्थामा नेपाल पुग्दा अब नेपाललाई माथि बढाउन राष्ट्रिय चेतना जाग्नुपर्छ । ठूलो लगाानी गर्नु नपर्ने गाँजा खेती, अगर उड खेती कानुनी रुपमा मान्यता दिनु पर्छ । गाँजा खेती गर्न अमेरिका र भारतको इसारामा मोटो रकम खाई नेपालमा प्रतिबन्ध लगाएकोले अब कानुनी रुपमा खेती गर्न पाउने व्यवस्था हुनुपर्छ ।
भू.पू. मन्त्री माननिय शेर बहादुर तामाङ्गले गाँजा संम्बन्धी विधेयक संसदमा पेश गरिसक्नु भएको छ । सो विधेयक छलफलमा ल्याई पास गर्न सबै मन्त्री तथा साँसदहरुलाई हार्दिक अनुरोध गर्दछु । भारतीय दलाल जतिले यो विधेयकलाई छेक्न खोज्ने छन् । तर अहिले राष्टबादी नेताहरु जस्ले नेपाललाई धनी बनाउन चाहेका छन् । उहाँहरुको भोटले नेपाली किसानहरुमा सजिलै करोडपति बनाउन मद्दत पुग्नेछ । संसारभरि गाँजाको धेरै माग छ । गाँजाबाट लागुपदार्थ मात्र नभई कपडा उद्योग बीस थरिका विभिन्न रोगका औषधी हुने समेत पत्ता लागिसकेको छ । थाइल्याण्डमा कोरोना निको पार्न गाँजाको सफल प्रयोग भइरहेको छ । जुन देशमा गाँजा ल्याउने व्यक्तिलाई मृत्यु दण्ड दिइन्यो, त्यो देश थाइल्याण्डमा गाँजा खेती गर्न कानुनले छुट गरेको छ ।
कोरोनाको स्थायी समाधान भ्याक्सिन पनि होइन अस्थाई रोगथाम हो । गाँजाले कोरोना निको पारेको कुरा थाइल्याण्डका उपप्रधान तथा जनस्वास्थ्य मन्त्री अनुदिन चर्नविराकुलले बताएका छन् । देश भरका जनता कोरोनाबाट छिटै मुक्ति पाउने बताएका छन् । वास्तवमा भनौ, भने गाँजा परम्परागत रुपमा हजारौँ हजार बर्ष पहिले देखि यो सृष्टिकर्ता भगवान् शिवले प्रगोग गरि आएको हाम्रो मैलिक बुटी हो ।
नेपालको मान्छे धनी भयो भने भारत देशको रक्षा गर्न सिपाही र कलकारखाना,घर चलाउन मजदुर पाउदैन भनि भारतले नेपालीलाई खाली गरीब बनाएर राख्न चाहन्छ । अब यसरी नेपाल सधैभरी भिखमङ्ग भएर भारतकै नोकर भएर सधैभरी बसि रहनु हुदैन तुरुन्त संभावना भएको योजना लागु गरी देशलाई माथि उठाउनको लागि गाँजा खेतीको लागि कानूनले बाटो खोलि दिए पुग्छ ।
एक पाथी गाँजाको बिउले २–३ वर्षमै करोडपति बन्न सक्छ । थाइल्ण्डमा गाँजाले कोरोनाको उपचार गर्ने विधि सिके नेपालले पनि काम गर्नु प¥यो । अब नेपाल बनाउन सबै लागू प¥यो । अर्काको गर्नु मात्र फाइदा हुने काम गर्नु भएन,सधैभरी देशलाई खोक्रो बनाएर डुबाउन भएन । नेपाली सधैभरी नोकर भएर बस्नु भएन ।
केबी गुरुङ
व्यासनगरपालिका–५ दमौली तनहुँ
९८५६०६०१४१
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij