Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पाकिस्तान ः पेशावरको मस्जिदमा बम आक्रमण, २८ जनाको मृत्यु

  • 212
    SHARES
  • 212 Shares
  • एजेन्सी
    पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा सोमवार बम विस्फोट हुँदा कम्तीमा २८ जना मारिएको र १५० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 
    मस्जिदमा उद्धारकार्य चलिरहेको पेशावरका कमिस्नर रियाज महसूदले बताएका छन् । घाइते भएका मानिसको अवस्था गम्भीर रहेको लेडी रेडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमले बताए । 
    विस्फोटपछि सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रहरी अधिकृत इजाज खानले मस्जिदको छानो खसेको बताए । केही जवानहरू भग्नावशेषमा पुरिएको र उद्धारकर्ताहरूले उनीहरूलाई निकाल्न कोशिश गरेको उनको भनाइ छ । प्रधानमन्त्री शहबाज शरीफ लगायतका शीर्ष अधिकारीहरूले यस आतंकवादी आक्रमणको निन्दा गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार