Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

इराकमा बम विस्फोट हुँदा ५ जनाको मृत्यु

  • 185
    SHARES
  • 185 Shares
  • काठमाडौं २३ फागुन 
    एजेन्सी
                                                                                                  प्रतिकात्मक तस्वीर
    इराकमा सोमवार राति भएका बम विस्फोटमा परेर ५ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताइएको छ । इराकको पूर्वी प्रान्त दियालामा बम विस्फोट भएको यहाँको सुरक्षा स्रोतले जानकारी दिएको छ । सो विस्फोटमा परेर ५ जनाको ज्यान गएको र अरु ४ जना घाइते भएका छन् ।   
    दियाला प्रान्तीय प्रहरीका मेजर अला अल–साउदीले दिएको जानकारीअनुसार दियालाको माक्दियान नगरको एक सडकमा बम राखिएको थियो । सडक किनारामा कुनै अज्ञात समूहले बम राखेको र सो बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका ५ जना सर्वसाधारणको ज्यान गएको हो ।  सो सडक भएर हिँडिरहेका बटुवा ४ जना घाइते भएका पनि उनले जानकारी दिए । यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।   
    इराकी प्रहरीले यस विषयमा अनुसन्धान थालेको जनाएको छ । पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतंककारी आक्रमणहरूमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट गराएको अनुमान गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार