Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बाँध भत्किएपछि हजारौं युक्रेनी विस्थापित

  • 306
    SHARES
  • 306 Shares
  • काठमाडौं २४ जेठ 
    एजेन्सी
    रूसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही भाग डुबानमा परेका छन् । जसका कारण बुधबार हजारौं मानिस आफ्नो घर छोडेर भागेका छन् ।
    काखोभका बाँध भत्किएपछि युक्रेनी प्रहरी र दक्षिणी शहर खेर्सनमा रहेका सैनिकहरूले जलमग्न क्षेत्रबाट मानिसहरूलाई डुङ्गामा राखेर बाहिर निकालिरहेका थिए।
    उद्धारका बाबजुद पनि रुसी सेनाले आवासीय क्षेत्रमा गोलाबारी जारी राखेको अधिकारीले बताएका छन् । युक्रेन र रसियाले मङ्गलबार बिहानै बाँध फुट्नुमा दोषारोपण गरेका छन्, जसका कारण टर्कीका राष्ट्रपतिले दुवै देशका नेतालाई उक्त बाँधको अन्तर्राष्ट्रिय छानबिनको प्रस्ताव गरेका छन् ।
    यस विनाशले वातावरणीय विपत्ति र आणविक सुरक्षा जोखिमको डर पनि बढाएको छ किनकि यसले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टको लागि चिसो पानी प्रदान गर्दछ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार