Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

चीनको रेस्टुरेन्टमा बिस्फोट हुँदा ३१ जनाको मृत्यु

  • 201
    SHARES
  • 201 Shares
  • काठमाडौं ७ असार 
    एजेन्सी
                                          प्रतिकात्मक तस्वीर
    उत्तरपश्चिम चीनको निङसिया हुई स्वायत्त क्षेत्रमा रहेको रेष्टुरेन्टमा बुधवार भएको बिस्फोटमा परी ३१ जना मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् । 
    घाइते भएका ७ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बिहीवार जानकारी दिएका छन् ।
    क्षेत्रीय राजधानी यिनचुआनको जिङकिङ जिल्लाको व्यस्त सडकमा बुधबार राति ८ः४० बजे रेस्टुरेन्टबाट खाना पकाउने ग्यास चुहावटपछि विस्फोट भएको थियो ।
    घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको अवस्था स्थिर रहेको र सामान्य घाइते भएका १ जना बुधवार राति उपचारपछि अस्पतालबाट बाहिरिएका छन् ।
    रेस्टुरेन्टका म्यानेजर, शेयरधनी र कर्मचारीसहित ९ जनालाई सार्वजनिक सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । ९ जनाको सम्पत्ति रोक्का गरिएको छ ।  मृतकको सनाखतको काम भइरहेको छ । बिस्फोटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार