Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

प्रहरीको गोली लागेर किशोरको मृत्यु भएपछि हिंसा भड्कियो

  • 220
    SHARES
  • 220 Shares
  • काठमाडौं १५ असार 
    एजेन्सी
    प्रहरीको गोली लागेर किशोरको मृत्यु भएपछि फ्रान्समा देशभर हिंसा भड्किएको छ । प्रहरीविरुद्ध भइरहेको प्रदर्शनका क्रममा सवारीसाधनमा आगजनीदेखि तोडफोडका घटना भइरहेका छन् । प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीेले पक्राउ गरेको छ ।
    पेरिसको बाहिरी हिस्सामा कर्फ्यू लगाइएको छ भने बस सेवा बन्द गरिएको छ । मंगलवार फ्रान्स प्रहरीले ट्राफिक जाँचका लागि नरोकेको आरोपमा गोली प्रहार गर्दा १७ वर्षीय किशोर नहेल एमको मृत्यु भएको थियो । प्रहरीले उनीमाथि नजिकैबाट गोली प्रहार गरेको आरोप छ । आन्दोलन चर्किएपछि गोली प्रहार गर्ने प्रहरीविरुद्ध हत्याको आरोपमा मुद्दा दर्ता भइसकेको छ । तैपनि आन्दोलन थामिएको छैन । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार