Sep 28 2026 | २०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

अनन्त बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन ः गुरुङ

  • 281
    SHARES
  • 281 Shares
  •  व्यास नगरपालिका वडा नम्बर १० डिहिगाउँमा अवस्थित अनन्त बचत तथा  ऋण सहकारी संस्थाको अध्यक्षमा पुन ः अर्जुन गुरुङ चयन हुनुभएको छ । शनिबार सम्पन्न १२औं साधारणसभा तथा चौथो अधिवेशनबाट  गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 
     समितिको उपाध्यक्षमा परशुराम तिमल्सेना, सचिव बाबुराम मिश्र ,कोषाध्यक्ष मदन तिमल्सेना, सदस्यहरुमा ईश्वर पौडेल ,रामचन्द्र कोइराला, रिता पौडेल,पूर्णचन्द्र अधिकारी, लालकुमारी गुरुङ्ग,हरी बहादुर ढकाल र  चिजा माया अधिकारी रहनुभएको छ। उक्त अधिवेशनबाट लेखा समितिको संयोजकमा रघु तिमल्सेना तथा सदस्यहरुमा हरिहर  घिमिरे र गोपाल अधिकारी सर्वसम्मत निर्वाचित निर्वाचित हुनु भएको कुरा निर्वाचन कमिटिका संयोजक रामदत्त पौडेलले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षता तथा   केन्द्रीय  दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवरको प्रमुख आथित्यतामा सञ्चालित उक्त कार्यक्रममा सस्थाको हालसम्म कुल शेयर पुँजी जम्मा रु.एक करोड ३१ लाख ८१ हजार एक सय,मासिक बचत रु  सत्र लाख ५७ हजार तीन सय चालिस, ऐच्छिक बचत रु.५९ लाख ६९ हजार आठ सय एघार,बाल बचत रु.८६ लाख ३६ हजार आठ सय ३३,दैनिक वचत रु.एक लाख ७९ हजार पाँच सय ८२ संकलन गरी रु.तीन करोड पच्चीस लाख४३ हजार पाँच सय ६६ ऋण लगानी गरिएको व्यहोरा प्रतिवेदमा उल्लेख गरिएको छ । उक्त सहकारी संस्थामा ४०७ जना शेयर सदस्यहरु रहेका छन्। सो सहकारीले आगामी वर्ष छ सय शेयर सदस्य तथा रु.एक करोड पचास लाख  शेयर पूँजी पुर्याउने लक्ष्य राखेको बताइएको छ। उक्त सहकारीले यस वर्ष रु.२६ लाख ३१ हजार ४१२ शुद्ध मुनाफा गरेको बताइएको छ। उक्त निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि रामदत्त पौडेलको संयोजक तथा शान्त पौडेल र बुद्धिबहादुर बराली सदस्य रहेको तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो।

    सो अवसरमा सहकारी विकास बैंक दमौली शाखाका प्रमुख, संस्थाका उपाध्यक्ष रामजीप्रसाद तिमल्सेना, मादी गंगा महिला बचत तथा सहकारी संस्थाका अध्यक्ष शान्ता पौडेल, शान्तिनगर टोल विकाससंस्थाका अध्यक्ष होम वहादुर राना, डीहिकुना टोल विकास संस्थाका अध्यक्ष कालिका पौडेल,पत्रकार मदन तिमल्सेना, ऋण संयोजक ईश्व पौडेल, लेखा संयोजक बाबुराम मिश्र, रानीपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम राज मिश्र, कोषाध्यक्ष  निर्मला भण्डारी, संस्थापक अध्यक्ष हरिभक्त अधिकारी लगायतका वक्ताहरुले संस्थाको कार्यहरूको प्रशंसा गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन कमिटिका तर्फबाट  सहकारीको विधान अनुसार शपथग्रहण समेत गराइएको थियो।उक्त कार्यक्रम संस्थाका व्यवस्थापक लक्ष्मी अधिकारी पोखरेलले सञ्चालन गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार