अमेरिका २९ असार
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसिसि युयसको २०२३–२०२५ कार्यकालको सचिव पदका लागि तनहुँका विश्व सुवेदीले उम्मेदबारी घोषणा गरेका छन् । तनहुँको भिमाद नगरपालिका–६ निवासी सुवेदीले एनआरएनए एनसिसि युएसए आगामी निर्वाचनको लागि सचिव पदमा उम्मेदबारी घोषणा गरेका हुन् ।
तनहुँमा जन्मिएर स्कूले जीवन पोखरामा बिताएका सुवेदी उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेका थिए । सुवेदीले बिगत १३ वर्षदेखि प्रोफेसनल इन्जिनीरिंग र आईटी काममा व्यस्त रहदै आएका छन् ।
समाजसेवी तथा सहयोगीको छुटै छवि वनाएका व्यास विश्वु विषेश गरि युवापुस्ताहरुलाई हरेक क्रियाकलापमा अगाडी बढाउनुपर्छ भन्ने धारणासहित विभिन्न कार्यक्रमहरुमा तल्लिन सुवेदी युवापुस्तामा लोकप्रिय देखिन्छन् । तनहुँ घर भएर पोखरामा स्कूलिंग गरेका ब्यास बिस्सुको नेतृत्वमा हरेक वर्ष को जुलाई ४ को स्वतन्त्र दिवस को तिन दिने वीकेंडमा नेपलिज अमेरिकन कन्भेन्सन आफ्नै नेतृत्व मा २०१६ देखि आयोजना गर्दछन,उक्त कन्भेन्सन मा बिसेस गरि युवा वर्ग हरुलाई समेटिने खेलकुद र खेलकुद मा पनि फुटबल को आयोजना हुने गर्दछ १ गत हप्तामा टेक्सास को डल्लास मा आयोजना बएको छैठौ नेपलिज अमेरिकामा कन्भेन्सन भब्यताका साथ् सम्पन्न भएको थियो जहाँ पहिलो हुने फुटबल टिम ले नगद १५,०००४ र दोस्रो हुने टिमले नगद ७,०००४ को भारि पुरस्कार थियो, सायद यति ठुलो कार्यक्रम त एनआरएनले गर्नु पर्ने हो, तर यहाँ एक्लो व्यक्तीको पहलमा भईरहदा पक्कै गाह्रो त हुन्छ, सायद यो कारण ले नै ब्यास बिस्सु आफुएनआरएन मा गएर, यस्ता गतिबिधि एन आर एनको बार्षिक कार्यक्रममा राख्ने योजनाका साथ् सचिब पदमा आफ्नो उम्मेदवारी दिनु भएको हो ।

आफु अमेरिका आएको १० वर्ष को रहेको बेला, २०१३ मा एफ वान ग्रुप खडा गरेर, अमेरिका भरि रहेका बिद्यार्थी भिसामा आएका हरुलाई 1000$ एक हजार डलरका दरले ६ जना बिद्यार्थीलाइ छात्रवृति प्रदान गरिएको थियो ११ उक्त एफ वान ग्रुपले तेस्पछि नेपाल को बिद्यालय मा पुस्तक, लेपटाप आदि प्रदान गरेका थिए ।
२०७२ को महाभूकम्प बेला, ब्यास बिस्सु छुट्टिको समएमा नेपाल मै थिए,भुकम्प आको दिनको भोलि पल्ट, स्थानिय युवा क्लब भिमाद संग आबद्द गरेर, आफ्नो नेतृत्वमा एक महिना राहत वितरणमा विभिन्न भुकम्पले छेती ग्रस्त जिल्ला हरुमा राहत बाड्ने काम गरेका थिए, एता अमेरिका बाट पठाएको सहयोगमा, हरेक दिन विभिन्न जिल्लामा गई, हामी आउदै छौ भन्ने बेनर ट्रक मा अगाडी टासेर आफ्नो मातृभूमिलाई आपत को बेला राहत मा सहभागी भए ।

यसै सिलसिलामा, राहत बाड्न जाने क्रममा, गोर्खा को साविक तान्द्रंग गाबिस मा रहेको स्कूलको भवन भत्किएको थियो ११ बाल बच्चा हरुलाई स्टेसनरी बाड्ने क्रममा आफ्नो स्कूल को भवन भत्किएको बिद्यार्थी हरुले जानकारी गराएका थिए, भुकम्प को राहत बाडेर अमेरिका गए लगत्तै, मिस नेपाल केलिफोर्निया कार्यक्रम गरेर, राहत जम्मा भएको २३ लाख को लागत मा, गोरखा मा ५ कोठे भवन बनाएका थिए उक्त भवन नेपाल प्रहरी का पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेल ले उद्घाटन गर्नु भएको थियो ।
कला, चलचित्र क्षेत्रमा रुची राख्ने व्यास विश्वुले

अमेरिका मा रहेका नेपाली हरुको जीवन, विशेष गरि बिद्यार्थीहरुको विषयलाई लिएर गत वर्ष”लाइफ इन एलए नामक नेपाली चलचित्र बनाएका थिए । अमेरिकाको धेरै शहर हरुमा उक्त सिनेमा प्रदशन भएको थियो र दर्शक हरुले निकै नै मनपराएको थिए ।
लस एञ्जलसमा हरेक वर्ष विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै आएका व्यास विशु,हरेक महिना न्युवर्क,बाल्टिमोर, भर्जिनिया, टेक्सास त कहिले सन् फ्रान्सिस्को जताततै घुम्दै र नेपालीहरुसंग हातोमेलो गर्ने काम गरेर देखाउन सक्ने एक कर्मठ बिस्वासीला युवक विश्व सुबेदीू साँचिकै एनआरएनमा उहाँको देन राम्रो हुनेछ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij