Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भारतको उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु

  • 263
    SHARES
  • 263 Shares
  • काठमाडौं ३ साउन 
    फाइल फोटो
    भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु भएको छ । उत्तराखण्ड राज्यमा बुधवार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले जनाएको छ ।
    उत्तराखण्डको राजधानी देहरादुनबाट करिब २६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको थियो ।
    उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार