Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दिल्लीमा बाढीको खतरा, यमुनामा बढ्यो जल सतह

  • 245
    SHARES
  • 245 Shares
  • काठमाडौं ७ साउन 
    एजेन्सी
    प्रतिकात्मक तस्वीर
    भारतको राजधानी नयाँदिल्लीमा बाढीको खतरा देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हरियाणाको यमुनानगरमा हथिनी कुण्डामा १८ गेट खोलिएका छन् ।
    त्यहाँको पानी कुरुक्षेत्र, करनाल, पानीपत र सोनीपत हुँदै दिल्ली पुग्नेछ । जसले गर्दा दिल्लीमा बाढीको खतरा देखिएको छ ।
    पहाडी क्षेत्रमा अझै वर्षा भइरहेको छ । शनिवार ११ बजे हथिनीमा २ लाख २३ हजार ५४ क्युसेक पानी थियो भने २ बजेसम्म २ लाख ५१ हजार ९८७ क्युसेक पुगिसकेको छ । हथिनीमा ७० हजारभन्दा बढी क्युसेक पानी पुगेमा खतरा मानिन्छ ।
    हरियाणा सरकारले विपद् आउनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार