विकास खनाल
प्रकृति , सभ्यता , रहनसहन , जैबिक विविधताले भरिपुर्ण शुन्दर रमणीय गाउपालिकाको रूपमा तनहुँको म्याग्दे गाउपालिका लाई लिइन्छ । साविक छाङ , मनपाङ र जामुने गाविस मिलाएर विसं ०७३ साल फागुन २७ गते म्याग्दे गाउँपालिका गठन भएको हो । म्याग्दे खोलाको नामबाट म्याग्दे गाउपालिकाको नाम रहन गएको बताइन्छ । कृषि , पर्यटन , फलफूल उत्पादनको प्रशस्त सम्भावना भएको यस गाउँपालिकाको पुर्वमा ब्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकि नगरपालिका , उत्तरमा शुक्लागण्डकि र व्यास नगरपालिका तथा दक्षिणमा भिमाद नपा र ऋषिङ गाउपालिका पर्दछ ।
ब्राह्मण , क्षेत्री , गुरूङ , मगर , दमाई , कामीको बसोबास रहेको म्याग्दे गाउँपालिका बिकासका पुर्वाधार निर्माण गरेर आर्थिक लक्ष्यका साथ अगाडि बढेको छ । भौतिक पुर्वाधारमा पछाडि परेको म्याग्दे ०७४ सालको स्थानीय चुनाव यता नयाँ जनप्रतिनिधि आए सँगै कुशल नेतृत्व पाएपछि बिकासका सबै पुर्वाधारहरूले समृद्ध बन्दै गएको छ । सडक पुर्वाधार , मठमन्दिर , खानेपानी , पर्यटन , शिक्षा , स्वास्थ्य , विद्धुत ,सामाजिक बिकास सँगै खेलकुदका क्षेत्रमा म्याग्देले फड्को मारेको छ । जनताको जिवनस्तर उकास्न निति नै बनाएर अगाडि बढेको म्याग्देले पारदर्शी र छिटो सेवा दिँदै कानुन भन्दा बाहिर नगइ स्वीकृत बजेट अनुसार अगाडि बढेको लगायतका कारण आन्तरिक स्वमुल्यांकनमा समेत प्रथम भएको छ ।
२६ वटा एेन कानुन , कार्यविधि तथा निर्देशिका संग्रह बनाइसकेको गाउपालिकाले सम्पादन गरेका नवौं गाउसभा र १ सय १४ औं कार्यपालिकाको १० वटा गाउसभा बैठक सम्पन्न भइ गरेका निर्णय हरू अत्यन्तै महत्त्वपूर्ण रहेका छन् । गाउपालिका कार्यलय र सबै वडामा ईन्टरनेट क्षमता बिस्तार सँगै अनलाइन घटना दर्ता कार्यान्वयन र बिद्युतीय शासन प्रणाली तर्फ गाउँपालिका अग्रसर भएको छ । गाउँपालिकाले टेण्डर गरेपश्चात ९ वटा घाट मध्ये ६ वटा घाटको ठेक्का तथा निकासी ठेक्का सम्झौता सम्पन्न भइ आन्तरिक आम्दानि करिब ३ करोड ५० लाख प्राप्त गर्न सफल भएको छ । गाउपालिका र वडामा बिद्धुतिय हाजिरि तथा गाउँपालिकामा डिजिटल नागरिक वडापत्र , डिजिटल फ्लेक्स , सोलार जडान , सि सि क्यामरा जडान , फाइल र्याग निर्माणले केही फरकपना देखाएको छ ।
अध्यक्षको तोक आदेश बाट गम्भीर बिमारीको लागि आर्थिक सहयोग , मर्मत सम्भार कोषबाट तारजाली , हिम पाइप बितरण , डिजिटल प्रविधि बाट घटना दर्ता , थर्पुमा १० शैयाको अस्पताल निर्माण शिलान्यास तथा ठेक्का भइ कार्य प्रारम्भ गापाका प्रगतिको रूपमा रहेका छन् । यस बर्ष बहुवर्षिय योजना अन्तर्गत १० करोड ८३ लाख बजेट सुनिश्चितता , वडा नँ १ र ५ को वडा कार्यलय भवन निर्माण उद्घाटन असोज २१ गते र २२ गते गर्ने तयारीमा गापा रहेको छ । त्यस्तै वडा नं ३ , ४ , ६ र ७ को जग्गा व्यवस्थापन सम्पन्न भइ भवन निर्माण गर्नेगरी ठेक्का सम्झौता समेत भैसकेको छ । गाउँपालिकाले बिकासमा तीव्रता दिन उपभोक्ताको स्वामित्व बढाउन र गाउपालिकाको लागत घटाउने उद्देश्यका साथ लागत सहभागीता आयोजनालाई अगाडि बढाउने क्रममा महत्त्वपूर्ण भवन तथा पिच सडक हरू सम्पन्न सफलताको सुचिमा राखेको छ ।
त्यस्तै मेलमिलापलाई जोड दिइएको छ । गाउपालिकाको प्रशासनिक तथा सभाहल भवन ठेक्का सम्झौता शिलान्यास भइ कार्य प्रारम्भ भएको , १५ शैयाको अस्पताल निर्माणको लागि डिपिआर तयार भएको , गाउपालिकाको एउटा सवारीसाधन र एउटा एम्बुलेन्स खरिद भएको , स्वास्थ्य चौकीमा निशुल्क औषधी वितरण , प्रधानमन्त्री रोजगार कार्यक्रम , न्यानो कपडा वितरण , स्वरोजगार र उद्धमी विकासको लागि तालिम , वडा नं ७ मा रंगशाला निर्माण , वडा नं ५ को स्वास्थ्य चौकि भवन शिलान्यास र उद्घाटन, जामुने कोभिड अस्पतालमा डाक्टर, तथा जामुने र थर्पुमा ल्यावसेवा , लोगो सार्वजनिक , सबै वडामा डिजिटलाइजेसन प्रविधिलाई जोड दिइएको छ ।
दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीलाई ट्राफिक चिन्ह प्रदान , एकल महिला लाई रातो टीका पछ्यौरा द्वारा सम्मान , विद्यालय स्तरिय फुटबल प्रतियोगिता , मातृ तथा नवशिशु स्याहार मोडल कार्यक्रम , भुमि आयोग गठन , अध्यक्ष सँग सुत्केरी कार्यक्रम , कोभिड १९ बिरूद्धको खोप , बिद्यालयमा दिवा खाजा , शौचालय निर्माण , प्रयोगशाला निर्माण , आइ सिटि निर्माण , फोटोकपि मेशिन सहितको प्रिन्टर वितरण , लक्षित बर्गलाइ गोबर ग्यास प्लान्ट जडान गर्ने गरि केही घर छनोट , वडा नं ५ र शुक्लागण्डकि नपा जोड्ने गरि पक्की पुलको डिपिआर तयार , बिद्यालयमा छात्राहरू लाई स्यानिटरि प्याड वितरण , आन्तरिक खेल विकासको लागि प्रथम अध्यक्ष कप , उपभोक्ता समिति , टोल सुधार समिति , महिला , अपांग , विपत र कर्मचारी तालिम , सार्वजनिक सुनुवाइ , अपांगहरूलाई ह्वीलचियर वितरण गरेको छ ।
त्यस्तै, स्थानीय पाठ्यक्रम निर्माण , बाढीपिडित ४१ घरको घर निर्माण गर्ने गरि प्रति घर ४ लाखको दरले रकम स्वीकृत , सुर्य नेपालसँग सम्झौता गरी एक थान एम्बुलेन्स र वडा नं ५ र शुक्लागण्डकि जोड्ने पुलको लागि १० लाख , गाउपालिकाको समग्र बस्तुस्थिति झल्कने गरि बृत्तचित्र निर्माण , पुराना २ सय काठेपुल विस्थापन गरि नयाँ स्टिल पोल , खरको छाना बिस्थापन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
पर्यटन गुरूयोजना तयार , कृषि , पशुमा लागत तथा अनुदान कार्यक्रम , फोहोर संकलनको लागि डम्पिङ साइडको प्रस्ताव , गाउपालिकाको सबै गतिविधि हरू चौमासिक समिक्षा र वुलेटिन प्रकाशन , वेभसाइड तथा सञ्चार माध्यम मार्फत जानकारी , हर्षपुर र मानुङमा होमस्टे , कान्छी बराही मन्दिरमा गुरूयोजना निर्माण , बिकास निर्माणका काममा अनुगमन , खेलकुदलाई प्रवर्द्धन , खर्चमा मितब्ययिता , आवश्कता अनुसार बजार अनुगमन , खानेपानी योजना बिस्तार गर्ने गरि डिप बोरिङ खन्ने कार्य सुरु , अबैध क्रसर उद्योग र ढुङ्गा गिटी बालुवा उत्खननमा निगरानी र कडाइ , कार्यलयमा सफ्टवयेर , भुकम्प पिडितहरूको सहयोग तथा घर निर्माणमा तिव्रता , वडा नं ४ , ५ , ६ मा मेड्पा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइ सीप विकास तथा स्वरोजगारि हुने अवसर ९० जनालाई प्राप्त , गाउपालिकाको आफ्नै लोगो निर्माण आदि कामहरू गाउपालिकाको उपलब्धि रहेका छन् ।
त्यस्तै पार्टी भन्दा माथि उठि संख्याको आधारमा बजेट बिनियोजन गाउँपालिकाले गर्दै आएको छ । समग्रमा समृद्ध नेपाल सुखि नेपालीको नारालाई आत्मसाथ गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष लगायतका सबै जनप्रतिनिधि र कर्मचारीले ब्यबहारमा उतारेकालेनैँ ४ बर्ष पूरा भइ ५ बर्षको अबधिलाई म्याग्देबासिले समृद्ध गाउँपालिकाको रूपमा महसुस र परिभाषित गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij