Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो राष्ट्र बनेर भारतले रच्यो इतिहास

  • 408
    SHARES
  • 408 Shares
  • काठमाडौं ६ भदौ 
    चन्द्रमाको दक्षिणी ध्रुवनजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर छिमेकी राष्ट्र भारतले इतिहास रचेको छ । भारतको चन्द्रयान–३ को आज चन्द्रमामा अवतरण गराएर भारतीय वैज्ञानिकहरूले नयाँ इतिहास रचेका हुन् ।  
    चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु रहेको र जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् । चन्द्रयान–३ सफलतापूर्वक अवतरण गराएपछि भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देशसमेत बनेको छ ।
    चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत चौथो देश बनेको हो ।
    भारतीय अन्तरिक्ष एजेन्सी इसरोको बेङ्गलोरस्थित मुख्यालयका अधिकारीहरूले चन्द्रयान–३ मार्फत् पठाइएको ल्याण्डर मोड्युल विक्रमले आफ्नो अवतरण स्थलतर्फ आफ्नो ठाडो अवतरण सुरु गरेपछि ताली बजाएर खुशी मनाएका थिए ।  
    ‘भारत चन्द्रमामा पुगेको छ,’ जोहानेसबर्गमा आयोजित १५औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स ९ट्वीटर० मार्फत् उक्त जानकारी दिएका    छन् । 
    विक्रमको चन्द्रमाको कक्षबाट अवतरणको यात्रा १५० मिटर, त्यसपछि १३० मिटर, ५० मिटर र चन्द्रमाको सतहमा पुग्नुअघि चन्द्रमानजिक आइपुग्दा तह अनुसार यसको गति घट्दै गएको  थियो ।  विक्रम ल्यान्डरले प्रज्ञान रोभरलाई लिएर चन्द्रमाको सतहमा अवतरण गरेको हो । यो भारतका लागि अन्तरिक्ष यात्राको ठूलो फड्को हो ।  
    भारतले पृथ्वीको एक मात्र प्राकृतिक उपग्रहको दक्षिणतर्फ अवतरण गर्ने पहिलो देशको रूपमा रेकर्ड बनाएको छ । भारत र विश्वभरका अरबौं मानिसहरूले बहुप्रतिक्षित कार्यक्रमलाई नजिकबाट नियालिरहेका छन् ।  
    विद्यालय र विज्ञान केन्द्रहरू, र सार्वजनिक संस्थानहरू सहित देशभर अवतरणलाई विशेष स्क्रिनिङहरू जडान गरी हेरिएको थियो । इसरोले आफ्नो वेबसाइट, यसको युट्युब च्यानल, फेसबुक र सार्वजनिक प्रसारक डीडी नेसनल टिभीमा लाइभ कार्यहरू उपलब्ध गराएको थियो । 
    चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को अवतरण ९सफ्ट ल्यान्डिङ०का लागि २३ अगस्ट २०२३ ९बुधवार० भारतीय समय १८ः०४ बजेलाई निर्धारण गरेको थियो ।   
    इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो०ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पु¥याएको थियो । 
    भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट ९कक्ष०मा सफलतापूर्वक पु¥याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो ।
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार