Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

हङकङ नेपाली अल्पसंख्यक संगठनको अध्यक्षमा तनहुँका नेपाली बिजयी

  • 828
    SHARES
  • 828 Shares
  • जनचाहना न्यूज
    दमौली १३ भदौ 
    हङकङ नेपाली अल्पसंख्यक संगठनको हालै सम्पन्न १० औं अधिवेशन मतदान प्रक्रियाबाट  विकास नेपाली निर्वाचित भएका छन् । संगठनको सचिवमा गोपाल शिवा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा प्रताप बिश्वकर्मालाई  निर्बिरोध रुपमा निर्वाचित गरिएको छ ।  
    २००९ साल देखि अनवरत रूपमा संगठनमा सक्रिय हुदै आएका सक्षम र युवा १० औं अधिवेशनबाट संगठनको नेतृत्व हाँक्ने जिम्मा नेपालीले पाएका हुन् । 
    उक्त अधिवेशनमा अध्यक्ष मण्डलमा रही  निर्वाचन समितिको एउटा जिम्मेवार सदस्यको भूमिका निर्वाह गर्ने महत्वपुर्ण अवसर प्रदान गर्नु भएकोमा आयोजक समिति,हङकङ नेपाली अल्पसंख्यक संगठन २००२ सालमा स्थापना भई निरन्तर संगठनमा लागेर संगठनलाई यहाँ सम्म पुऱ्याउन अहम भूमिका खेल्नुहुने अग्रजहरुप्रति निर्वाचित अध्यक्ष नेपालीले धन्यवाद व्यक्त गरेका छन् । 

    nn.jpg
    यस १० औं अधिवेशनमा आआफ्नो स्थानबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिवेशन सम्पन्न गर्न गराउन विशेष भूमिका खेल्नु भएका अध्यक्ष मण्डलका अध्यक्ष टिका सिं लामघादे,निर्वाचन समितिका अध्यक्ष राजु बराईली,सदस्य नविन बिश्वकर्मा,सदस्य गुमन सिं परियार  लगायतमा आभार व्यक्त गरेका छन् । 

    अध्यक्ष पदका उम्मेदवारहरू श्रीमति शिला घमाल,बिकाश नेपाली, सचिव पदका उम्मेदवार पिताम्वर घमाल लगायतका महानुभावहरुले शान्तवातावरणमा प्रजातान्त्रिक ढंगवाट अधिवेशन सम्पन्न गर्न गराउन आ–आफ्नो ठाउँवाट खेल्नु भएको भूमिकाको प्रसंशा गर्दै संगठनका गतिविधिमा संगै हातेमालो गर्दै शसक्त रुपमा अघि बढाउने दृढता समेत अध्यक्ष नेपालीले व्यक्त गरे।

    kk.jpg
    निर्वाचनको प्रक्रियामा बिजयी र पराजय हुनु प्रकृतिको नियम जस्तै हो स्वीकार गर्न सक्नुपर्ने निर्वाचित अध्यक्ष नेपालीले बताए । पराजित भएका साथीहरुलाई समेत समेटदै विशाल हृदयका वनाएर विगतका तिता मिठा कुराहरूलाई भुलेर संस्थाको सर्वोपरी हितलाई आत्मासाथ  गर्दै अगाडी बढ्न विशेष पहल गर्ने प्रतिबद्धता अध्यक्ष नेपालीको रहेको छ ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार