Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २९६ को मृत्यु

  • 250
    SHARES
  • 250 Shares
  • काठमाडौं २३ भदौ 
    मोरक्कोमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको छ । मध्ये मोरक्कोको हाइ एट्लस माउन्टेन्स केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
    जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ। यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ।
    स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको बीबीसीले जनाएको छ । त्यसको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो । भूकम्पका कारण कयौं घर तथा भवनहरू भत्किएका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार