Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

परराष्ट्रमन्त्री साउदले गरे इजरायलका समकक्षीसँग टेलिफोन संवाद ः ५५ जना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण 

  • 271
    SHARES
  • 271 Shares
  • काठमाडौँ २३ असोज 
    परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो इजरायलका समकक्षीसँग टेलिफोन संवाद गरेका छन् । मंगलबार दुई देशका परराष्ट्रमन्त्रीबीच टेलिफोन संवाद भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । 
    संवादमा उनीहरुबीच निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउन, नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरुलाई सहजीकरण गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख   छ ।
    सो अवसरमा मन्त्री साउदले कठिन समयमा नेपाल इजरायलको साथमा रहेको बताएका थिए । यस्तै इजरायली सरकारका परराष्ट्रमन्त्रीले पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । 
    इजरायल हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल र गाजाको सीमा क्षेत्रमा बंकरभित्र आश्रय लिएर बसेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको मन्त्रालयले जनाएको छ ।
    यस्तै केही विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार सम्पर्कविहीन अवस्थामा रहेका बिपिन जोशीको खोजीकार्य तीव्र रुपमा भइरहेको छ । यस्तै सरकारले फर्कन चाहनेलाई नेपाल ल्याउने भएको छ । रातोपाटी 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार