Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अलपत्र नेपालीको उद्धारका लागि इजरायल पुग्यो निगमको विमान, राति ९ बजे काठमाडौं आइपुग्ने

  • 241
    SHARES
  • 241 Shares
  • काठमाडौं २५ असोज 
    नेपाली विद्यार्थीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको विमान इयरायलको तेल अभिव पुगेको छ । नेपाली नागरिक ल्याएर जहाज बिहीवार नै राति सवा ९ बजेपछि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल अवतरण गर्ने परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । 
    नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद इजरायल पुगेका छन् । उनीसहितको विमान बिहीवार बिहान त्यसतर्फ प्रस्थान गरेको थियो । 
    बिहीवार बिहानदेखि नै नेपाली विद्यार्थीहरू बेन गुरान विमानस्थलमा विमान कुरेर बसिरहेका छन् ।  हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । नेपाल फर्कन चाहनेका लागि सरकारले जहाज पठाएको हो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार