Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

परराष्ट्रमन्त्री एनपी साउद सहित २५४ विद्यार्थी लिएर बिमान इजरायलबाट उडान ः विमान राति १ बजे काठमाडौं आइपुग्ने

  • 239
    SHARES
  • 239 Shares
  • काठमाडौं २५ असोज 
    नेपाली विद्यार्थीलाई उद्धार गरेर ल्याइएको नेपाल एयरलाइन्सको विमान आज राति १ बजे विमान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण हुने भएको छ । यसको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो ।
    इजरायलबाट उद्दार गरिएका नेपाली लिएर आएको विमान विमानस्थलमा अवतरण गरेपछि परराष्ट्रमन्त्री एनपी साउदले सञ्चारमाध्यमलाई छोटो सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।  
    इजरायलबाट २५४ जना यात्रु लिएर नेपाल एयरलाइन्सको विमान नेपाल आउँदै छ । विमानमा परराष्ट्रमन्त्री साउदसहित २५४ जना यात्रु रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । २५४ मध्ये करिब २५० जना द्वन्द्वको चपेटामा परेका विद्यार्थी रहेको बताइएको छ ।
    हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो भने एकजना बेपत्ता भएका छन् । यस्तै केही नेपाली घाइते भएका छन् ।
    नेपाल फर्कन चाहनेका लागि सरकारले बिहीवार बिहान विमान पठाएको थियो । सोही बिमान अपरान्ह फर्किएको छ । उक्त विमान दुवई ट्रान्जिट हुँदै काठमाडौं आइपुग्ने बताइएको छ ।   नेपाली विद्यार्थीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको विमान बिहीवार दिउँसो इजरायलको तेल अभिव पुगेको थियो ।  विमानलाई कुरेर नेपाली विद्यार्थी बिहानैदेखि विमानस्थलमा बसेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार