Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कंगोमा तैनाथ शान्ति सैनिक खोटाङका राइको मृत्यु

  • 265
    SHARES
  • 265 Shares
  • काठमाडौँ २६ असोज
    संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु भएको छ । नरसिंहदल गण ९शान्ति सेना० उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
    खोटाङको फक्टाङ्ग गाउँपालिका वडा नं।८ निवासी राई उक्त गण अन्तर्गत टयाक्टिकल अपरेटिङ बेस  जिनामा कार्यरत रहँदा विरामी भएका थिए । उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित मोरोक्कन लेभल(२ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको सेनाले जनाएको छ । 
    स्वर्गीय राईको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार