काठमाडौं ४ कात्तिक
गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को नयाँ नेतृत्वले शनिवारदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन ।
यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।
सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने निर्वाचित अध्यक्ष केसीले बताएका छन् । अध्यक्ष केसीको यो प्रतिबद्धतासँगै निर्वाचनसम्बन्धी विवाद निरुपण भएको छ ।
नयाँ कार्यकालका लागि भएको निर्वाचनमा केसी अध्यक्षमा निर्वाचित भएसँगै धाँधली भएको आरोप लगाउँदै प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आरके शर्माले मतपरिणाम अस्वीकार गरेका थिए ।
सिस्टम ह्याक गरेर आफ्नो पक्षमा नतिजा ल्याएको भन्दै उनीहरूका समर्थकले बिहीवार राति निर्वाचनस्थल होटल सोल्टी परिसरमा चर्को नाराबाजीसमेत गरेका थिए । अहिले सो विवाद सुल्झिएको छ ।