Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मंगोलियाको एक घरमा आगलागी हुँदा सात जनाको मृत्यु

  • 237
    SHARES
  • 237 Shares
  • मंगोलिया ९ कात्तिक
    मंगोलियाको राजधानी उलान बाटोरमा एक भवनमा भएको आगलागी हुँदा सात जनाको मत्यु भएको छ । बिहीबार बिहान उक्त भवनमा आगलागी हुँदा सात जनाको ज्यान गएको त्यहाँको आपत्कालीन व्यवस्थापन एजेन्सीले जनाएको छ । 
    स्थायीय समयअनुसार बिहान करिब ३स्५० बजे आगलागी भएको सोङ्गिनोखैरखान जिल्लामा रहेको आपत्कालीन एजेन्सीले जनाएको  छ । 
    आगलागीको कारणबारे अनुसन्धान भइरहेका समेत एजेन्सीले उल्लेख गरेको छ । चिसो मौसम शुरू भएसँगै घरलाई न्यानो राख्न आगो बाल्ने गरिएकाले घरमा आगलागी भएको हुनसक्ने एजेन्सीले जनाएको छ । 
    एजेन्सीका अनुसार राजधानीको आधाभन्दा बढी जनसङ्ख्या सहरका ग्रामीण जिल्लामा बसोबास गर्छन, जहाँ पानी तताउने तथा ढल निकासको व्यवस्था छैन ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार