काठमाडौं १२ कात्तिक
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डले रात्रिभोजको आयोजना गरेका छन् । महासचिवको सम्मानमा प्रधानमन्त्रीले आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका हुन् । रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो । चार दिने भ्रमणका सिलसिलामा गुटेरेस आइतबार नेपाल आइपुगेका हुन् ।