Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

हमास समूहको आक्रमणमा मारिएका सबै १० नेपालीको शव पहिचान

  • 284
    SHARES
  • 284 Shares
  • काठमाडौं १३ कात्तिक 
    इजरायलको किबुज अलुमिममा प्यालेस्टाइनी हमास समूहको आक्रमणमा मारिएका सबै १० जना नेपालीको शव पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासले पछिल्लो पटक राजेश कुमार स्वर्णकार र आनन्द साहको शव पहिचान भएसँगै सबैको शव पहिचान सकिएको जानकारी दिएहो हो । 
    पहिचान भएका सबै शवहरु आवश्यक प्रक्रिया पुरा गरी नेपाल पठाइने दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  
    यसअघि आइतबार पनि दूतावासले पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको जानकारी दिएको थियो । 
    हालसम्म मृतकमध्ये ४ जनाको शव नेपाल ल्याइसकिएको छ । सो घटनामा परी बेपत्ता भएका बिपीन जोशीको खोजी जारी रहेको बताइएको छ भने घाइतेमध्ये दुई जना डिस्चार्ज र दुई जना अझै अस्पतालमा उपचाररत छन् । लोकान्तर 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार