Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भूकम्प प्रभावितका लागि चीनले रु.१० करोड बराबरको राहत सामग्री सहयोग गर्ने

  • 247
    SHARES
  • 247 Shares
  • काठमाडौं १८ कात्तिक 
    जाजरकोट र रुकुम पश्चिममा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
    नेपालका लागि चिनियाँ राजदूत चेन सङले शनिवार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।
    साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङले बताएका छन् ।
    राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटलगायत हुने र ती केही दिनमा नेपाल आइपुग्ने उनले जानकारी दिएका छन् ।
    राजदूत चेनले थप राहत पनि घोषणा गरिने जनाएका छन् । 
    जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६।४ म्याग्निच्युटको भूकम्प गएको थियो । अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको निधन भइसकेको छ भने कम्तीमा १९७ घाइते भएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार