Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कजाकिस्तानको छात्रावासमा आगलागी, १३ जनाको मृत्यु​​​

  • 374
    SHARES
  • 374 Shares
  • काठमाडौं १४ मंसिर 
    एजेन्सी
                                 फाइल फोटो
    कजाकिस्तानको एक छात्रावासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । कजाकिस्तानको सबैभन्दा ठूलो शहर अल्माटीमा बिहीवार बिहानै छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको शहरको आपत्कालीन स्थिति विभागले जनाएको छ । 
    ‘आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ’, विभागले एक विज्ञप्तिमा भनेको छ, ‘कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको हो ।’
    पूर्वराजधानीको बीचमा रहेको आदि सारिपोभ स्ट्रिटमा स्थानीय समयअनुसार साढे पाँच बजे आगो लागेको सूचना प्राप्त भएको थियो ।
    अग्निशमनकर्मीहरू तीन तले आवासीय भवनमा लागेको आगो निभाउन सात मिनेटपछि पुगेका थिए । 
    आगलागी हुँदा उक्त छात्रावासमा ७२ जना रहेको र ५९ जनालाई सुरक्षितरूपमा बाहिर निकालिएको विभागले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार