काठमाडौं १७ मंसिर
भारतको मध्य प्रदेश, छत्तीसगढ, राजस्थान र तेलंगानामा भएको विधानसभा चुनावको मतगणना आज ९आइतबार० बिहान ८ बजेबाट शुरू हुँदैछ ।
मिजोरममा भएको निर्वाचनको मतगणनाको भने मिति परिवर्तन गरिएको छ । मिजोरममा भोलि मात्रै मतगणना हुने बीबीसी हिन्दीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार राजस्थान र छत्तीसगढमा अहिले कांग्रेस सत्तामा छ । मध्य प्रदेशमा भाजपाको सरकार छ । यी तीन प्रदेशमा दुई दलबीच प्रत्यक्ष प्रतिस्पर्धा छ । तेलंगानामा भने चन्द्रशेखर रावको भारत राष्ट्र समिति चुनाव जितेर ह्याट्रिक गर्ने आशामा छ।
मध्य प्रदेशमा २३० सिट, छत्तीसगढको ९०, तेलंगानाको ११९ र राजस्थानको १९९ सिटमा मतदान भएको थियो । राजस्थानमा उम्मेदवारको मृत्युका कारण एउटा सिटमा चुनाव हुन सकेको छैन ।
भारतमा लोकसभा चुनाव आउन ६ महिनाभन्दा कम समय बाँकी छ । यस्तो अवस्थामा यी राज्यको चुनावलाई सेमिफाइनलको रूपमा हेरिएको छ ।