Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

चेक रिपब्लिकको सबैभन्दा पुरानो विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु

  • 293
    SHARES
  • 293 Shares
  • काठमाडौं ६ पुस 
    चेक रिपब्लिकको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा गोली प्रहार गरी १५ जनाको हत्या गरिएको छ । प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट १५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।  एक जना बन्दुकधारीले गोली प्रहार गरी १५ जनाको हत्या गरेका हुन् । 
    समाचार एजेन्सी रोयटर्सका अनुसार मानविकी संकाय ९आर्टस् फ्याकल्टी०को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए । 
    गोलीकाण्डमा बन्दुकधारीको पनि मृत्यु भएको समाचारमा उल्लेख छ । गोली प्रहारबाट २४ जना घाइते भएका छन् ।
    चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । चेकका राष्ट्रपति पेटर पावेलले घटनाबाट आफू स्तब्ध भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार