Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रुसी सेनामा भर्ती भएका लमजुङ दूधपोखरीका ३२ बर्षीय साजन गुरुङको मृत्यु

  • 315
    SHARES
  • 315 Shares
  • काठमाडौं २ माघ 
    रुसी सेनामा भर्ना भएका थप एकजना नेपाली युवाले ज्यान गुमाएका छन् ।  मृत्यु हुनेमा लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चौकका ३२ वर्षीय साजन गुरुङ छन् । साजनको केही समयअघि नै मृत्यु भएको तर करिब ३ दिनअघि मात्रै खबर आएको दूधपोखरी गाउँपालिकाका सूचना अधिकारी रमण बरालले  जानकारी दिए ।
    साजन परिवारमा जेठा छोरा हुन् । उनका भाइ भने जर्मनीमा रहेको बताइएको छ । मृतक साजनका बुवा, आमा, श्रीमती र एक छोरा छन् ।
    साजन दूधपोखरी गाउँपालिकाका नेकपा ९माओवादी केन्द्र०को युवा संगठन वाईसीएल अध्यक्षसमेत बनेका थिए । एसएलसी पास गरेका उनी नेपालमा रहँदा ठेक्कापट्टा गर्थे । सो काम छोडेर उनी रुस गएका थिए ।
    साजन वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान्छु भनेर गत भदौ पहिलो साता विदेश उडेका हुन् । खाडी जान्छु भनेर हिँडेका साजन रुसी सेनामा भर्ती भएको जानकारी उनको परिवारले असोजमा मात्र पाएको बताइएको छ । उनी परिवारको सहमतिविपरीत त्यहाँ गएको बुवा श्रीमान गुरुङले बताएका छन् । 
    साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार