Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

युक्रेनको सीमा नजिक रुसी विमान खस्यो, ७४ जनाको मृत्यु

  • 295
    SHARES
  • 295 Shares
  • काठमाडौं ११ माघ 
    एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।
    दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरूका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना गार्ड थिए ।
    विमान युक्रेनले खसालेको रुसले आरोप लगाएको छ । यसबारे युक्रेनले भने कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भने पश्चिमी रुसमा भएको घातक विमान दुर्घटनापछि मस्कोले युक्रेनी कैदीहरूको जीवनसँग खेलवाड गरेको आरोप लगाएका छन् । युक्रेनको सीमा नजिकै बेल्गोरोड क्षेत्रमा बुधबार भएको दुर्घटनापछि उनले अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार