Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नेपाल पत्रकार महासंघ तनहुँ शाखाद्वारा आयोजित पाँचदिने अवलोकन भ्रमण सम्पन्न 

  • 386
    SHARES
  • 386 Shares
  • जनचाहना न्यूज
    दमौली १४ फागुन 
    नेपाल पत्रकार महासंघ तनहुँ शाखाद्वारा आयोजित  पाँचदिने अवलोकन भ्रमण सम्पन्न भएको छ । फागुन १० देखि १४ गतेसम्म अवलोकन भ्रमण सकेर टोली  जिल्ला फर्किएको हो । बिशेष गरी इलामको कन्याम स्थित चिया बगान,भारतको दार्जिलिङ,सिलगुरी,र सिक्किमको विभिन्न स्थानमा रहेका धार्मिक एवं ऐतिहासिकस्थलहरुको अवलोकन गरिएको हो ।

    bbb.jpgउक्त कार्यक्रममा पत्रकार महासंघ तनहुँ शाखाका पदाधिकारी,पूर्व अध्यक्ष,विभिन्न संचारमाध्यममा कार्यरत प्रकाशक एवं सम्पादक गरी २५ जना संचारकर्मीहरुको सहभागिता रहेको थियो । भारत लगायतको अवलोकन भ्रमण फलदायी भएको नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले जानकारी दिए ।

    तनहुँको पर्यटकीय स्थल र सम्भावनाहरुको बारेमा जानकारी गराउने र त्यस क्षेत्रका पर्यटकीय स्थलहरुको जानकारी लिने उद्देश्यले सो भ्रमण आयोजना गरिएको हो । 
    भ्रमणको क्रममा इलामको कन्याम स्थित चिया बगान तथा भारतको दार्जिलिङमा रहेका पर्यटकीय स्थलहरु, आदिकवि भानुभक्त आचार्यको प्रतिमा रहेको चौरस्ता तथा सिक्किम राज्यको विभिन्न पर्यटकीलहरुको अध्ययन तथा अवलोकन गरिएको महासंघ शाखा तनहुँका सचिव प्रताप रानाले जानकारी दिए । सो अवसरमा भारतको सिक्किमबाट नेपाली भाषामा प्रकाशित विभिन्न किसिमका पत्रपत्रिकाहरुको समेत अवलोकन गरिएको थियो । 

    सो भ्रमणमा पत्रकार महासंघ तनहुँका अध्यक्ष एवं तनहुँ उद्घोष दैनिकका उज्वल पौडेल, पुर्व अध्यक्षहरु दमौली एक्सप्रेस साप्ताहिकका प्रदिप काफ्ले, सुकृती साप्ताहिकका प्रेमप्रसाद पौडेल, लोकवाणी दैनिकका प्रकाशचन्द्र भट्टराई, सेतीमादी दैनिकका डम्बर अधिकारी, निवर्तमान अध्यक्ष मादिसेती प्रवाह दैनिकका ओमकार आचार्य, महासंघका सल्लाहाकार खबरपुन्ज अनलाइनका गोरा मियाँ, पुर्व सल्लाहाकार तनहुँ आवाज साप्ताहिकका ऋषिराम पोख्रेल, पत्रकार महासंघ तनहुँका उपाध्यक्ष रेडियो बन्दिपुरका डिपी अधिकारी, पत्रकार महासंघका सचिव प्रताप राना, प्रादेशिक खबरका मदन वाग्ले, भन्ज्याङ दैनिकका नारयण खड्का, दमौली एफएमका अमरराज नहर्की, मादिसेती एफएमका राजेश्वर हड्खले, जनचाहाना डटकमका सानेबहादुर नेपाली, मानुङपोष्ट डटकमका उपेन्द्र खनाल,खबरबाटिका साप्ताहिकका किरण श्रेष्ठ, इबाराही डटकमकी सुनिता आचार्य, मध्यनेपाल अनलाइनका सागर गिरी, भन्ज्याङ अनलाइनकी सम्झना रसाईली, दमौली अनलाइनका पवन पौडेल, मेरो प्रदेश अनलाइनका सविन लामिछाने, जनाधार अनलाइनका रामबहादुर घले परियार, तनहुँ तरङ्ग अनलाइनका सुरेश सुनार, प्रादेशिक खबरकी शिला वाग्ले गरि २५ जनाको सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार