Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ताइवान भूकम्पमा मर्नेको सङ्ख्या ९ पुग्यो,८८२ जना घाइते

  • 304
    SHARES
  • 304 Shares
  • एजेन्सी 
    ताइपेई । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा मर्नेको सङ्ख्या ९ पुगेको छ । त्यहाँको राष्ट्रिय अग्नि विभाग ९एनएफए०ले बताएअनुसार भूकम्पमा परेर ८८२ जना घाइते भएका छन् । अझै पनि १३१ जना भूकम्पका कारण भत्किएका संरचनाहरूमा फसेको बताइएको छ । यीमध्ये ५० जना सिल्क्स प्लेस होटल तारोकोका कर्मचारीहरू भएको बताइएको छ ।
    भूकम्प आएको समयमा यी कर्मचारीहरू चार मिनिबसमा यात्रा गरिरहेका थिए । मिनीबसमा सवार कसैको पनि फोनमा सम्पर्क हुन नसकेपछि कतै फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । हुआलिएन काउन्टीमा एउटा सुरुङमा फसेका दुई जना जर्मन नागरिकहरुको उद्धार गरिएको एनएफएले बताएको छ ।
    फस्नेमा केही विदेशी नागरिक पनि भएको बताइएको छ । भुइँचालोका कारण क्षति पुगेको भए पनि ताइपेई भरका अस्पतालहरू सामान्य रूपमै सञ्चालन भइरहेको नगर सरकारले बताएको छ । ताइपेईका कम्तीमा ७ अस्पतालमा संरचनात्मक क्षति पुगेको बताइएको छ । भूकम्पका कारण एउटा अस्पताल मात्रै बन्द भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार