Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

डुबानमा परी यूएईमा चितवनका मोहन पुनको मृत्यु

  • 316
    SHARES
  • 316 Shares
  • एजेन्सी ६ बैशाख
    भिषण वर्षाका कारण डुबानमा परी यूएईमा एक नेपालीको ज्यान गएको छ । राजधानी आबुधाबीस्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार चितवन भरतपुरका मोहन पुनको डुबानमा परी मृत्यु भएको हो ।  
    शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी डुबानमा परेका थिए ।   उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेका थिए । पुन भिजिट भिसामा युएई पुगेको दुतावासले जनाएको छ ।  युएईमा दुई दिनदेखी परेको वर्षाका कारण बाढी आई रहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको छ । सरकारी कार्यलय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दुतावासले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार